प्रस्ताव होइन निर्णय सुनाउँछन्, प्रश्नहरुको तेजोबध गर्छन् – Online Khabar

प्रस्ताव होइन निर्णय सुनाउँछन्, प्रश्नहरुको तेजोबध गर्छन् – Online Khabar

[ad_1]

१६ माघ, काठमाडौं । अप्रत्यासित मत पाएर राष्ट्रिय राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले शुक्रबार एकसाथ तीन महत्वपूर्ण पद गुमाएका थिए ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनलाई सांसद पदको उम्मेदवार बन्न अयोग्य ठहरसहित फैसला सुनायो । यही फैसलाका कारण रविले उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति पद गुमाएका थिए ।

नागरिकताको वैधानिकता पूरा नभएको ठहरसहित सर्वोच्चले दिएको फैसलाको सम्मान गर्नु त कता, उल्टै रविले आफू अनागरिक भएको भावुक टिप्पणी गर्दै माहोललाई उत्तेजित बनाउन खोजेका थिए ।

विधिको शासनको सम्मान गर्नु साटो एउटा भीडले उनको समर्थनमा ताली बजायो । जबकि याद गर्नुपर्ने कुरा, सर्वोच्चले रविलाई नागरिकताको वैधानिकता पूरा नगरी चुनावमा गएको मात्रै ठहर गरेको थियो, अनागरिकको दर्जा दिएको थिएन । अमेरिकी नागरिकता त्यागिसकेकाले रविले पर्सिपल्टै, १५ माघमा काठमाडौं प्रशासनबाट नेपाली नागरिकता लिइहाले ।

त्यसैदिन रास्वपाको सभापति भए । जबकी शुक्रबार रविले पार्टीको सदस्यता समेत गुमाएका थिए । तर आमन्त्रित सदस्यको हैसियतमा पार्टी बैठकमा बसेका रवि सभापति बनेर उठे ।

नागरिकता लिनेदेखि गुमेको सभापति फिर्ता पाउनेसम्मको यो द्रुत प्रक्रियामा रवि प्रश्न भन्दा माथि रहे । ‘पार्टी सदस्यता लिएको केहीबेरमै सभापति बनाउन मिल्छ भनेर प्रश्न उठेको थियो’, रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘तर संक्रमणकालीन व्यवस्था भनेर सभापति बनाइयो ।’

प्रस्ताव होइन निर्णय सुनाउँछन्, प्रश्नहरुको तेजोबध गर्छन् – Online Khabar

बैठकमा रविको नागरिकता मात्रै नभएर राहदानी विवादबारे समेत प्रश्न उठेको थियो । राहदानीको प्रश्न निकै संवेदनशील हो । यो फौजदारी कानुन आकर्षित हुन सक्ने विषय पनि हो । तर यति गम्भीर प्रकृतिको मुद्दाबारे रविले पार्टीभित्र सामान्य ब्रिफिङ गर्न समेत आवश्यक ठानेनन् ।

‘उहाँले यो सामान्य विवाद हो, मैले राहदानी फिर्ता गरिसकेँ भन्नुभयो । त्यसपछि यो विषय उठेन’, रास्वपाका एक केन्द्रीय सदस्यले भने ।

खासमा रविको नागरिकतामाथि २०७५ सालमै प्रश्न उठेको थियो । गत मंसिरको चुनावमा यो विवाद उत्कर्षमा पुयो । रविले भने रास्वपाको केन्द्रीय समिति र संसदीय दलमा समेत आफ्नो नागरिकताबारे औपचारिक छलफल कहिल्यै गर्न दिएनन् ।

आफ्नै अगुवाइ र लोकप्रियताबाट बनेको पार्टीमा अरुलाई आवश्यक महत्व दिन आवश्यक नरहेको बुझाइ रविमा देखिन्छ ।

‘यो विषयमा औपचारिक रुपमा कहिल्यै छलफल भएन । अनौपचारिक कुराकानीसम्म भएको हो’, एक केन्द्रीय सदस्य भन्छन् ।

पार्टी नेताहरुले अनौपचारिक प्रश्न गर्दा पनि रविले यो आफ्नो निजी मामिला भएको बताउने गरेको ती नेता बताउँछन् । राजनीति वा सार्वजनिक जीवन व्यतित गर्ने व्यक्तिबारे उठेका प्रश्नलाई निजी भनेर पन्छाउन कतै पनि सम्भव छैन । तर यही असम्भव विषयलाई रविले आफ्नो नवगठित पार्टीभित्र सम्भव तुल्याइदिएका छन् । पार्टीका सभापतिले नै आफूमाथिका प्रश्नलाई निजी मामिला भनेर टक्टकिएपछि अरु नेताहरुले पार्टीमा छलफलको विषय बनाउने सामथ्र्य राखेनन् ।

‘उहाँको नागरिकता र राहदानी विवादले पार्टीभित्र कहिल्यै औपचारिक प्रवेश पाएन’, ती नेता बताउँछन् । जबकी टेलिभिजन प्रस्तोताका रुपमा सर्वाजनिक पद धारण गरेका व्यक्तिहरुमाथि चर्को प्रश्न गरेर रविले आफ्नो पहिचान बनाएका थिए ।

तर टेलिभिजनको जागिर जोडेर गत ७ असारमा गठन गरेको रास्वपामा ठीक उल्टो अभ्यास भइरहेको छ । आफ्नै अगुवाइ र लोकप्रियताबाट बनेको पार्टीमा अरुलाई आवश्यक महत्व दिन आवश्यक नरहेको बुझाइ रविमा देखिन्छ ।

रविले पार्टी विधानअनुसार समेत निर्णय गरिरहेका छैनन् । आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउने विधानमा उल्लेख गरेपनि महत्वपूर्ण विषयबारे निर्णयको अधिकार रवि आफैंले लिने गरेका छन् ।

सरकारमा जाने वा नजानेदेखि मन्त्री छनोट जस्तो महत्वपूर्ण अधिकार रवि आफैले राखेका थिए । ‘पार्टीमा उहाँको आलोचना गर्ने मान्छे नै छैन’, एक नेता भन्छन्, ‘बहुमत उहाँकै पुग्छ । महत्वपूर्ण विषयमा सभापतिलाई निर्णय गर्न दिने प्रस्ताव बैठकमा आउँछ ।’

रास्वपा सांसद असिम साह, पार्टीमा औपचारिक भन्दा बढ्ता अनौपचारिक छलफल हुने स्वीकार्छन् । ‘हाम्रोमा अनौपचारिक छलफल बढी हुन्छन् । अनौपचारिक छलफल नै औपचारिक जस्ता हुन्छन्’, उनी तर्क गर्छन् ।

अनौपचारिक छलफल नै पार्टी निर्णय हुने गरेको अहिलेसम्मको नजीरले देखाएको अर्का नेता बताउँछन् । ‘पार्टीभित्र वा बाहिरको कुनै पनि पद पाउन सभापति रवि लामिछाने वा महामन्त्री मुुकुल ढकालको नजिक हुनुपर्छ, ती नेता दुखेसो पोख्छन् ।

पार्टीको साधारण सदस्यसमेत गुमाएको तीन दिनभित्रै सभापति बनेका रविलाई फेरि गृहमन्त्री बनाउने तयारी पनि अनौपचारिक छलफलमै भइरहेको छ । सत्ता गठबन्धनले रविबाहेकलाई गृहमन्त्री पठाउन रास्वपासँग आग्रह गरेन भने रवि नै गृहमन्त्री बन्ने तयारी छ ।

आफूसँग स्वार्थ बाझिएको मन्त्रालय, विभागहरुमा नियुक्ति लिनु राजनीतिक नैतिकताको दृष्टिले अनुचित हो । तर यही अनुचित कुरालाई रविले भागबन्डाको राजनीतिक जगमा टेक्दै फाइदा उठाउन खोजेका छन् ।

‘गृहमन्त्री हाम्रो पार्टीले पाएको हो । पार्टीले सभापतिलाई गृहमन्त्रीमा पठाएको हो । अब पनि हामी उहाँलाई नै पठाउँछौं’, सांसद साह भन्छन् । तर संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ भने गृहमन्त्री कसलाई बनाउने भन्नेबारे कुनै छलफल नभएको बताउँछन् । ‘यस विषयमा कुनै छलफल भएको छैन’ श्रेष्ठ भन्छन् ।

रवि र उनी निकट नेताहरुको चाहना नै पार्टी निर्णय हुँदा सामान्य संसदीय नजीर पनि रास्वपाले पछ्याएको देखिदैन । जस्तो– रवि संसदीय दलको नेता नरहेपछि डोलप्रसाद (डीपी) अर्यालले उक्त जिम्मेवारी पाए ।

तर संसदीय दलका नेताको अनुपस्थिति वा अभावमा कार्यबाहक जिम्मेवारी उपनेताले पाउने अभ्यास छ । त्यसअनुसार, रविले पद गुमाउँदा संसदीय दलको कार्यबाहक भूमिका उपनेता विराजभक्त महर्जनले पाउनुपर्ने हो । तर रवि निकट भएकैले श्रम मन्त्री अर्याल कार्यबाहक तोकिए, यसबारे पार्टीभित्र आवश्यक छलफल भएन ।

‘रवि लामिछाने, डीपी अर्याल र मुकुल ढकालको पुरानै निकटता हो । उहाँहरु नै पार्टीका हरेक ठाउँमा पकड बनाउन चाहनुहुन्छ’, एक नेता भन्छन् । गत ६ भदौमा रविकै प्रस्तावमा डीपी उपसभापति बनेका थिए । मुलुक महामन्त्री बनेका थिए ।

स्वार्थ बाझिएको मन्त्रालयमा डीपीलाई मन्त्री बनाएकोमा सार्वजनिक रुपमा चर्को विरोध भइरहेको छ । तर आफ्नो विश्वास पात्र भएकै कारण डीपीमाथि उठेको सार्वजनिक प्रश्नबारे रवि मौन छन् । ‘सभापतिले निर्णय गरेर आउनुहुन्छ बैठकमा, ल यो विषय पारित गर्नुहोस् भन्नुहुन्छ, हुन्छ’ एक नेता भन्छन् ।

अर्थात् पुराना दल र तिनका नेताहरुमा जस्तो प्रश्न गरेर राजनीतिमा आएका थिए, उस्तै शैली रविले पनि अपनाइरहेका छन् । सांसद श्रेष्ठ, नयाँ पार्टी भएकाले सिकाइकै क्रममा रहेको बताउँछन् । ‘कतिपय कुरा त हामी पनि सिक्दैछौं । यो घटनाले (नागरिकता प्रकरण) हामीलाई थप सिकाएको छ, गम्भीर पनि बनाएको छ’, श्रेष्ठ भन्छन् ।

तर आन्तरिक लोकतन्त्र, विधि र प्रक्रिया नमान्दा वैकल्पिक राजनीतिको मसाल बोकेर आएका दलहरु टुक्राटुक्रा भएको विगत बिर्सन नमिल्ने उनी बताउँछन् । ‘विधि, प्रक्रिया र आन्तरिक लोकतन्त्र नमान्दा विगतमा हामीले दल सकिएको देखेकै छौं’, उनी भन्छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्