लोकन्थलीमा एक चालकले बस तेर्स्याइदिएपछि अवरुद्ध भएको सडक प्रहरीले खुलायो

लोकन्थलीमा एक चालकले बस तेर्स्याइदिएपछि अवरुद्ध भएको सडक प्रहरीले खुलायो

[ad_1]

लोकन्थलीमा एक चालकले बस तेर्स्याइदिएपछि अवरुद्ध भएको सडक प्रहरीले खुलायो

लोकन्थली–कोटेश्वर सडकखण्ड । फाइल फोटो

१५ चैत, काठमाडौं । भक्तपुरको लोकन्थली चोकमा एक जना चालकले बस तेर्स्याइदिएर भागेपछि अवरुद्ध भएको सडक प्रहरीले खुलाएको छ ।

ट्राफिक प्रहरीसँग विवाद भएपछि आज बिहान एक चालकले बा ५ ख ६६७४ नम्बरको बसलाई बाटो नै अवरुद्ध हुने गरी तेर्स्याएका भागेका थिए ।

‘ट्राफिक प्रहरीको कारबाहीको विषयलाई लिएर विवाद भएको थियो, त्यसपछि चालकले बस नै सडकमा तेर्स्याएर हिँडेछन्,’ जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘अहिले बाटो खुलाइसकियो ।’

बसको ह्याण्डिल लक गरिएको र चाबी पनि चालकले नै लिएर भागेपछि बसलाई हटाउन केही समय लागेको थियो । बाटो अवरुद्ध हुँदा सवारी साधनको जाम भएको थियो । सो बसका यात्रुहरु भने अरु गाडी चढेर गन्तव्यमा लागेका थिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्