भुजुङमा यसरी गरियो ‘हनी हन्टिङ’

भुजुङमा यसरी गरियो ‘हनी हन्टिङ’

[ad_1]

२३ मंसिर, काठमाडौं । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले लमजुङको भुजुङ गाउँमा ‘हनी हन्टिङ’ गरिएको छ । नेपाली ख्यातीप्राप्त कलाकार, पाइलट, डाक्टर, पत्रकार, लेखक, प्राध्यापक, इन्जिनियर, वकिल, खेलाडी, सुरक्षा अधिकारी, व्यापारीलगायत करिब २ सय जनाको टोली हनी हन्टिङका लागि लमजुङ पुगेका छन् ।

बिहीबार बिहान काठमाडौंबाट गएको टोलीले शुक्रबार भुजुङको घिम्चे भिरमा मह काढेको हो । बिहीबार साँझ क्व्होलासोंथार गाउँपालिका-४, भुजुङ पुगेका उनीहरु आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले हनी हन्टिङको आयोजना गरिएको आयोजक स्पार्क एड्भेन्चर प्रालिले जनाएको छ ।

मह काढ्ने भिरमा पुगेका क्याप्टेन विजय लामाले मह काढ्ने शिकारीहरु एड्भेन्चरको रियल हिरो भएको बताएका छन् । त्यस्तै कलाकार विपिन कार्कीले आफैं गएर भिरमा मह काढौं, काढौं जस्तो लागेको बताए ।

भुजुङमा यसरी गरियो ‘हनी हन्टिङ’

‘स्पार्क एडभेन्चर २०२२’ मा कलाकार राजेश हमाल, गायक रामकृष्ण ढकाल, वरिष्ठ रंगकर्मी सुनिल पोख्रेल, विमानचालक क्याप्टेन विजय लामा, कलाकार विपिन कार्की, वर्षा सिवाकोटी, मधुसुदन पाठक (सिते बा), तेक्वान्दो खेलाडी दीपक विष्ट, डा. लोचन कार्कीसहितको टिम भुजुङ पुगेको स्पार्क समूहका अमरदीप भट्टराइले जानकारी दिए ।

काठमाडौंबाट बेंसीसहर हुँदै भुजुङ गाउँ पुगेको टोलीले भुजुङमा स्थानीय संस्कृतिको अवलोकन गर्ने, भिर मह काढ्नेस्थलमा पुगेर अवलोकन गर्ने र होमस्टेमा खाना खाएर घलेगाउँ अवलोकन गर्दै बेंसीसहर फर्किने कार्यक्रम रहेको छ । शुक्रबार साँझ बेंसीसहरमा गायक रामकृष्ण ढकालको एकल साँझ हुने र २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको भट्टराईले बताए ।

असाधारण यात्राको अनुभवसँगै नेपालमा साहसिक पर्यटनलाई प्रबर्द्धन गर्दै विभिन्न क्षेत्रका विज्ञबीच सम्बन्ध कायम गराउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको भट्टराईको भनाइ छ । लमजुङको भुजुङमा करीब ४ सय घर एकैठाउँमा छन् । पहिले एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा पर्छ । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइको यो गाउँ लमजुङ सदरमुकाम बेंसीसहरदेखि ३६ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा पर्छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्