सत्यमोहन जोशीको मुटुको चालमा पनि समस्या – Online Khabar

सत्यमोहन जोशीको मुटुको चालमा पनि समस्या – Online Khabar

[ad_1]

सत्यमोहन जोशीको मुटुको चालमा पनि समस्या – Online Khabar

फाइल तस्वीर

असोज २४, काठमाडौं । संस्कृतिविद् एवम वाङ्‍मय शताव्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक हुँदै गएको छ । किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले सोमबार दिउँसो एक विज्ञप्ति जारी गर्दै उनको अवस्था चिन्ताजनक रहेको जानकारी दिएको हो ।

‘जोशीज्यूको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको र अवस्था चिन्ताजनक नै रहेको छ,’ अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले भने ।

गत २३ असोजदेखि जोशीको छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको बज्राचार्यले जानकारी दिए ।

मुटुको चालमा समेत समस्या देखिएका उनलाई आईसीयूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मेडिसिन विभागको नेतृत्वमा अन्य विभागहरूले जोशीको स्वास्थ्यको निरीक्षण गरिरहेका छन् ।

किष्ट मेडिकल कलेजले जोशीको सम्पूर्ण उपचार निःशुल्क सेवा गर्दै आएको छ । घरमा समेत नर्स पठाएर सेवा दिंदै आएको थियो ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्