शरद ऋतुमा ८ वटा हिमाल चढ्न ४२९ जनाले लिए अनुमति – Online Khabar

शरद ऋतुमा ८ वटा हिमाल चढ्न ४२९ जनाले लिए अनुमति – Online Khabar

[ad_1]

शरद ऋतुमा ८ वटा हिमाल चढ्न ४२९ जनाले लिए अनुमति – Online Khabar

फाइल तस्वीर

२७ भदौ, काठमाडौं । शरद ऋतुमा विभिन्न ८ वटा हिमाल चढ्न ४४ समूहका ४२९ जनाले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सोमबारसम्म १०४ जना महिलासहित ४२९ जनाले यस सिजनका लागि आरोहण अनुमति लिएका हुन् ।

यो सिजनका लागि सबैभन्दा धेरै माउण्ट मनास्लु (८१६३ मि) का लागि ३५ समूहका ३८३ जनाले अनुमति लिएका छन् । जसमा महिला मात्र ९१ जनाको अनुमति जारी भएको छ । सगरमाथाका लागि एक समूहका ४ जनाले मात्र अनुमति लिएका छन् । बढी हिउँ पर्ने भएकाले शरद ऋतुमा सगरमाथा आरोहणका लागि भने उपयुक्त सिजन मानिदैन ।

यो सिजन कुल ५९ वटा मुलुकका नागरिकले अनुमति लिएका छन् । जसमा सबैभन्दा धेरै अमेरिकाबाट ४८ जनाले अनुमति लिइसकेका छन् । भारतबाट २९, इरानबाट २५, फ्रान्सबाट २३, स्पेनबाट २० जनाले अनुमति लिएको विभागले जनाएको छ । यी आरोहण अनुमतिबाट यो सिजनमा मात्र नेपालले ५ करोड ३ लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्