स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकासँगको खेल गुमाउने

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकासँगको खेल गुमाउने

[ad_1]

स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु, श्रीलंकासँगको खेल गुमाउने

भुटानलाई ४-० ले हराएको खेलमा गोल गरेपछि खुसी मनाउँदै सावित्रा ।

२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ । साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।

‘उनलाई डेंगु संक्रमण प्रमाणित भएको छ । आजको खेलमा हाम्रा एक महत्वपूर्ण खेलाडी मैदान उत्रिने छैनन्,’ प्रशिक्षक कुमार थापाले बताए ।

थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् । ‘उनलाई ज्वरो छ । अब यो खेल त खेल्न सक्दिनन्, अरु बाँकी खेलमा उनको रिकोभरी कस्तो हुन्छ त्यहि अनुसार हुनेछ,’ उनले भने ।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ । बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

समूह एबाट भारत र बंगलादेश यसअघि नै सेमिफाइनलमा पुगेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्