डिजेल र पेट्रोल भारत तस्करी गरेको आरोपमा ८४ जना पक्राउ – Online Khabar


१२ चैत, काठमाडौं । ६ महिनामा नेपालबाट भारतमा पेट्रोल र डिजेलको तस्करी गरेको आरोपमा ८४ जनालाई पक्राउ गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय गृह मन्त्रालयले बुधबार त्यहाँको लोक सभामा प्रस्तुत गरेको विवरणमा नेपालमा भारतभन्दा सस्तो मूल्य भएकाले बिहारका विभिन्न जिल्लामा तस्करी हुने गरेको उल्लेख छ ।

भारतको गृह मन्त्रालयले सिमानामा तस्करी रोक्न सशस्त्र सीमा बलले विभिन्न पहलहरु गरेको गृह मन्त्रालयले लोकसभालाई जानकारी गराएको छ ।





यो पनि पढ्नुहोस
भारतबाट पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा विराटनगरबाट डिजेल तस्करी



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0