एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने निर्वाचन आयोगको तयारी – Online Khabar


२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने तयारीमा छौं ।’

सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न नपाएको बताउँदै उनले भने, ‘त्यो काम आज त गर्नैपर्ने छ ।’

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई खारेज गरिदिएको थियो । सर्वोच्चले नेकपा नामको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ ।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नयाँ पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राखिएको थियो ।

आफ्नो नेतृत्वमा पहिल्यै नेकपा नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको भन्दै कट्टेल सर्वोच्चमा पुगेका थिए ।





यो पनि पढ्नुहोस
‘भविष्यमा कुराकानी गरौं’ भन्दै अलग भए प्रचण्ड–माधव समूह



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0