नीति र स्मृति शास्त्रका केही प्रेरणादायी भनाइहरू – Online Khabar


वेदलाई श्रुति र धर्मशास्त्रलाई स्मृति भन्ने गरिन्छ । त्यसकारण मनुद्वारा बनाइएको स्मृतिलाई मनुस्मृति, यज्ञवाल्क्यद्वारा लेखिएको स्मृतिलाई यज्ञवाल्क्य स्मृति भन्ने गरिन्छ । यही श्रुति र स्मृतिको संयोगलाई धर्र्मशास्त्र मान्ने गरिन्छ । धर्मशास्त्रमा त्यो विषयलाई समेटिएको हुन्छ जसमा मनिसको जीवनकालको सुख, मनुष्यको मृत्युपछिको जीवन र मोक्षको बारेमा उल्लेख गरिएको हुन्छ ।

धर्मशास्त्रले मान्छेको मानसिक भावको उत्पत्ति र सत्व आदि ३ गुणको बारेमा उल्लेख गरेको पाइन्छ । धर्मशास्त्रका अनुसार बुद्धिमानीपूर्वक गरिएको काम सत्वगुण युक्त, क्रोध र मोह आदि भावले भरिएको कामलाई तमोगुणको रुपमा मान्ने गरिन्छ ।

यही नै शास्त्रको सिद्धान्त र ऋषिमुनिहरुको आज्ञा हो । धर्म के हो ? त्यसको कति भाग छ ? यसलाई कसरी धारण गर्ने जस्ता विषय यसमा समेटिने गर्छ । यज्ञवाल्क्य, विदुर, मनु आदिले आफ्नो स्मृतिग्रन्थहरुमा मान्छेको जनजीवनको लागि आवश्यक पर्ने नीति शास्त्रहरुको उल्लेख गर्ने गरेका हुन्छन् । त्यसमध्येका केही मुख्य विषयलाई तल प्रस्तुत गरिएको छ ।

यज्ञवल्क्य नीति

– जुन ज्ञानलाई पाएर म अमर हुन सक्दिन भने त्यो धन लिएर मलाई के गरुँ ?

– माता पिता, अतिथि, भाइ, सम्धी, मामा, वृद्ध, बालक, रोगी, आचार्य, वैद्य, आफूकहाँ आश्रय लिएका बान्धव, पुरोहित, पुत्र, पत्नी र दाससँग विवाद गर्न छाडिदिनुहोस् । उसको गृहस्थी जीवन जित्नेगर्छ ।

– जुन खानामा घिउ जस्ता चिल्लो पदार्थ मिसिएको हुन्छ । त्यसलाई बासी खाँदा पनि केही हुँदैन । (शास्त्र अनुसार आठ घण्टाभन्दा धेरै समय भएको खानालाई बासीखाना भन्ने गरिन्छ ।) तर गहुँ जस्ता केही अन्नमा भने तैलीय पदार्थ मिसिएको छैन भने पनि त्यो केही दिनसम्म बासी हुँदैन ।

विदुर नीति

–एक्लै स्वादिष्ट भोजन नगर्नुहोस् । एक्लै कुनै पनि विषयको निश्चय नगर्नुहोस् । एक्लै बाटोमा नचल्नुहोस् र धेरै मान्छे सुतेको ठाउँमा एक्लै जाग्ने काम नगर्नुहोस् ।

–क्षमाशील पुरुषमा एकै दोषको आरोप लाग्ने गर्छ । दोस्रो त सम्भावना नै हुँदैन । त्यो मान्छे यो हो कि क्षमाशील मनुष्यलाई मान्छे असमर्थ सम्झिने गर्छन् ।

–केवल धर्म नै परम कल्याणकारक विषय हो । एकमात्र क्षमा नै शान्तिको सर्वश्रेष्ठ उपाय हो । एक विद्या नै परम सन्तोष दिनेवाला हुन्छ र एकमात्र अहिंसा नै सुख दिनेवाला हुन्छ ।

–अलिकति पनि कठोर नबोल्नु, दुष्ट पुरुषलाई आदर नगर्नु, यी दुई कर्म गर्ने मनुष्य यस लोकमा विशेष शोभा प्रदायक हुने गर्छ ।

–दुई जना आफ्नो कर्मका कारण आलोचित बन्ने गर्छन् । एक, अकर्मण्यमा लागेका गृहस्थ र दोस्रोमा प्रपञ्चमा लागेका सन्यासी ।

मनुस्मृति

–परायाको धन हडप्ने इच्छा, पराया अनिष्ट चिन्तन तथा परलोकप्रतिको अविश्वास नै यी तीन कुरा मनले गर्ने पाप कर्महरु हुन् ।

–अन्यायपूर्ण रुपमा परधन हरण, शास्त्रको विधानका अतिरिक्त हिंसा तथा परस्त्रीगमन यी तीन प्रकारको शारीरिक पाप कर्म हुन् ।

–बुद्धिमान आत्मालाई महात्मा, कर्मतिर प्रवृत्त हुनेलाई क्षेत्रज्ञ र कर्ममा प्रवृत्त हुनुलाई भूतात्मा भन्ने गरिन्छ ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0