कुन देशमा उत्पत्ति भएर हाम्रो भान्सासम्म आइपुग्यो ? – Online Khabar


दक्षिण अमेरिकामा उत्पत्ति भएर प्रसार हुँदै स्पेनसम्म पुगेको खुर्सानी अहिले विश्वको कुन कुन ठाउँमा बढी पाइन्छ होला ? अहिले उपभोगको हिसाबले थाइल्यान्डमा खुर्सानी र इटाली टमाटरको लागि बढी चर्चित मानिन्छ । तर यसको उत्पत्तिको हिसाबले दुवै परिकार अहिले चर्चित भएको ठाउँमा उत्पत्ति भने भएको होइनन् ।

अन्न या फलफूलको भूमण्डलीकरणका बारेमा संसारमा विभिन्न अध्ययनहरू भएका छन् । ती अध्ययनहरूले अधिकांश राष्ट्रिय खाना विदेशी भूमिमा उत्पत्ति भएको परिकार रहेको देखाएको छ । अहिले विश्वमा अधिकांश मुलुकहरूले आफ्नो राष्ट्रिय खाना बनाएका दुई तिहाइभन्दा बढी बालीहरू मूल रूपमा अन्यत्रबाटै आएका बालीहरू हुन् । यसरी परिवर्तन हुने प्रवृत्ति पछिल्लो ५० वर्षमा भारी मात्रामा बढेको ती अध्ययनहरूले देखाएका छन् ।

अमेरिकाको कृषि विभागका वैज्ञानिकहरूले गरेको अध्ययनले हामीले खाने खानाहरूमध्ये धेरै बालीहरू विश्वव्यापीकरणको प्रभावमा परिसकेका छन् । कृषि विभागका वैज्ञानिक कोलिन खौरीले भनेका छन् ‘हामीले लामो समयदेखि प्रयोग गर्दै आएका फलफूलहरू पूर्ण रूपमा विश्वव्यापीकरणको प्रभावमा परेका छन्।’

उनले नै गरेको अर्को एक अध्ययनले देखाए अनुसार पछिल्ला एक दशकमा अधिकांश फलफूलहरू विश्वव्यापी रूपमा फैलिइसकेका छन् । उक्त अध्ययनले धेरै चर्चित फलफूलहरूलाई मुख्यतया विदेशी हो भनेर देखाउने गरिएको पाइन्छ ।

गहुँ र जौसँग सम्बन्धित जंगली अन्नहरूको प्रयोग कहाँ भयो होला ? आजभन्दा ३ हजार वर्षपहिले भारत वर्षमा प्रयोगमा आइसकेको विभिन्न स्रोतमा उल्लेख रहेका गहुँ एवं जौ प्रजातिको अन्नहरूको उत्पत्तिले कसरी विश्वव्यापी रूपमा प्रसार हुने मौका पायो होला ? योपनि जिज्ञासाको विषय बन्न सक्छ । तर यी सबै प्रसार व्यापार या सांस्कृतिक आदानप्रदानसँगै विश्‍वव्यापी रूपमा चलेको पाइन्छ ।

 तस्वीर : एनपीआर डट ‍‍‌ओआरजीबाट

अनुसन्धानमा खटिएका खौरी र उनका सहयोगीहरूले २३ वटा भौगोलिक क्षेत्रहरूमा १५१ किसिमको फरक खाले अन्नहरूको प्रसार सम्बन्धी अध्ययन गरेका थिए । यस विषयमा अध्ययन गर्ने विधिलाई भभिलोभ विधिको नाम दिइएको थियो । महान् रूसी बोट अन्वेषक निकोलाइ भाभिलभको नामबाट यो विधिको नाम राखिएको थियो । भभिलभले तर्क गरेका छन् कि बालीनालीहरू संसारको त्यस्तो क्षेत्रमा सुरू भयो जहाँ जंगली वातावरणमा धेरै विविधता देखिन्छन् ।

१७७ वटा मुलुकमा खाना र खाद्य उत्पादनसँग सम्बन्धित राष्ट्रिय तथ्यांकहरूको अध्ययन गरिएको थियो । जसले विश्वको ९८‍.५ प्रतिशत जनसंख्यालाई समेटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

‘प्रत्येक देशमा धेरै मान्छेले खाने खानामा क्यालोरी, प्रोटिन, फ्याट र खानाको कुल वजनको बारेमा जानकारी प्राप्त गर्नको लागि गरिएको अध्ययनले धेरै ठाउँमा धेरै उपभोग गरिने अन्न एव‌ं फलफूलहरूको अध्ययन गर्ने गरिएको छ । विश्वव्यापी रूपमा हेर्दा देशको खाद्यान्न आपूर्ति एवं कृषि उत्पादनमा ६९ प्रतिशत विदेशी बालीहरूले हिस्सा लिने गरेको पाइन्छ । ‘उक्त अध्ययनले के देखाएको छ भने राष्ट्रिय आहार एव‌ं कृषि प्रणालीमा अधिकांश मुलुकको अन्यत्रै उत्पत्ति र विकास भएको पाइन्छ’ खौरी भन्छन् ।

संयुक्त राज्यमा उपभोग हुने अधिकांश आहार भू-मध्यसागर र पश्चिमी एसियामा उत्पत्ति भएका फसलहरूमा निर्भर छन् । जस्तै गहुँ, जौ, बदाम र अन्य फसलहरू अमेरिकाको अहिलेको बढी उपभोग हुने फसलहरू हुन् ।

यसबीचमा संयुक्त राज्यको कृषि अर्थतन्त्र पूर्वी एसियामा उत्पत्ति हुने सोयाबिनको हिस्सा पनि बढी पाइन्छ । मकै लगायतका फल पनि भूमध्यक्षेत्रबाट आएका फसलहरू हुन् । मेक्सिको र मध्य अमेरिकामा उत्पन्न हुने परिकारहरू पनि भूमण्डलीकरणसँगै विश्वव्यापी रूपमा विस्तार भएको पाइन्छ ।

संयुक्त राज्य अमेरिका उत्पत्ति भएको सूर्यमुखी फूल अर्जेन्टिनादेखि चीनसम्म प्रसार भएको छ । क्यालिफोर्निया विश्वविद्यालय डेभिसका प्राध्यापक पल गेप्ट्सले यस अध्ययनमा संलग्न नभएकाले उक्त निष्कर्षलाई अत्यन्त महत्त्वपूर्ण ठाने।

उत्तर अमेरिका, उत्तरी यूरोप र अष्ट्रेलिया जस्ता कृषि जैविक विविधताका केन्द्रहरू समेत धेरै टाढाका क्षेत्रमा विकास हुने विदेशी बालीहरूमा निर्भर छन् । उदाहरणका लागि  दक्षिण एसिया र पश्चिम अफ्रिका- अरूको तुलनामा विदेशी बालीमा कम निर्भर हुने मुलुकहरूमा पर्थे । तर बंगलादेश र नाइजेरिया जस्ता देशहरूमा भने विदेशी बालीको प्रभाव धेरै परेको देखिन्छ ।

यसबाहेक, विगत ५० वर्षमा विदेशी बालीमा विश्वको आहार निर्भरता करिब ६३ प्रतिशतबाट बढेर ६९ प्रतिशतसम्म पुग्यो । तर यो हिस्सा भनेको आफ्नै मुलुकमा उत्पादन भएको फसललाई पनि उत्पत्तिको हिसाबले विदेशी मानेर गरिएको तथ्यांक हो ।

विभिन्न बाहानामा हुने सांस्कृतिक परिवर्तनले विदेशी बालीलाई स्वीकार गर्न प्रेरित गरेको अध्ययनकर्ताहरू बताउँछन् । उदाहरणको लागि एन्डिसमा पत्ता लागेको १६ वर्षपछिमात्रै युरोपमा आलु खेती सुरु भएको थियो ।

अझै पनि कतिपय मुलुकमा विदेशी उत्पादलाई आयात गरेरै पनि गुजारा गर्ने गरेको पाइन्छ । जस्तो, ब्राजिलले पूर्वी एसियाबाट सोयाबिन लगेर आफ्नो आवश्यकता पूरा गर्ने गर्छ । मलेसिया र इन्डोनेसियाले पश्चिमी अफ्रिकाबाट तेलको माग पूरा गराउने गर्छ ।

यस्ता बालीको विश्वव्यापीकरण बालीको भविष्यका लागि पनि प्रसार गर्ने गरिन्छ । नियमित आवश्यक पर्ने यस्ता बालीहरू जलवायु परिवर्तन होस् या नयाँ किरा वा रोगहरूको खतराका कारण लोप हुने अवस्थामा पुगे भने पनि चुनौतीहरूको सामना गर्नको लागि त्यसको जिनलाई फरक हावापानी र भूगोलमा पठाउने गरिन्छ ।

खाद्य र कृषिका लागि बिरूवाको आनुवंशिक संसाधनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिले पनि कुनै पनि देशहरूले बिरूवामा विविधता भर्नको लागि विदेशी भूमिमा उत्पत्ति भएको अन्न या फलफूललाई जस्ताको त्यस्तै वा परिमार्जन गरेर पनि विकास गर्न सकिने उल्लेख गरेको छ ।

 एनपीआर सर्भिसको सहयोगमा



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0