भागरथी हत्या आरोपीलाई पक्रन सफल भएकोमा गृहमन्त्रीले दिए प्रहरीलाई धन्यवाद – Online Khabar


५ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपीलाई पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका छन् ।

गृहमन्त्री थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल भएकोमा नेपाल प्रहरीसहितको टिमलाई धन्यवाद दिएका हुन् ।

गृहमन्त्री थापाले फेसबुकमा लेखेका छन्- ‘बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानुनी कारबाहीको दायरामा आएका छन् । निकै संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरी सहितको टिमलाई धन्यवाद । सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्रालय संवेदनशील रहेको तथा यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरामा ल्याउन प्रतिवद्ध रहेको दोहोर्‍याउन चाहन्छु ।’

भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेका दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।






यो पनि पढ्नुहोस
भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति







यो पनि पढ्नुहोस
दोस्रो निर्मला प्रकरण हुन पाएन भागरथी हत्या !



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0