आगलागी बस्तीमा नि:शुल्क सौर्य उर्जा

आगलागी बस्तीमा नि:शुल्क सौर्य उर्जा

मुगु — मुगुमकार्मारोङ गाउँपालिका–४ किम्री गाउँको आगलागी बस्तीमा नि:शुल्क सौर्य उर्जा जडान गरिएको छ ।

७५ साल वैशाख २० गते आगलागीबाट ध्वस्त भएका माथिल्लो किम्री गाउँका १९ घरधुरीलाई नि:शुल्क सौर्य उर्जा प्रदान गरिएको हो । आगलागी बस्ती मात्र नभएर किम्रीको तल्लो बस्तीका ६६ घरधुरीले पनि नि:शुल्क सौर्य उर्जा पाएका छन् ।

मानव अधिकार तथा वातावरण विकास केन्द्रको सहजीकरणमा ब्याक टु लाइफले किम्रीका आगलागी १९ घरधुरी सहित ८५ घरधुरीलाई ४० वाटको चार वटा बत्ती बल्ने सौर्य उर्जा पाएपछि वनजंगलबाट सल्लोको दियालोमार्फत उज्यालो गर्दै आएका किम्री गाउँका स्थानीय खुशी भएका छन् ।

आगलागीबाट ध्वस्त किम्री गाउँका १९ परिवारलाई प्रदेश र संघीय सरकारले पुर्नबासको व्यवस्था गर्न नसकेपछि संस्थाले नै पुर्नबासको व्यवस्था गरेको हो । ब्याक टु लाइफले नै १ करोड २५ बजेटमा किम्रीका आगलागी बस्तीका स्थानीयलाई नयाँ घर र शौचालय निर्माण गरी पुर्नबासको व्यवस्था मिलाएको मुगुमकार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0