रामकुमारीलाई साँझसम्म रिहा नगरे आन्दोलनमा जाने अनेरास्ववियुको चेतावनी – Online Khabar


काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को विद्यार्थी संगठन अनेरास्ववियुले गिरफ्तारीमा परेकी नेतृ रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले विज्ञप्ति जारी गर्दै रिहाइको लागि बिहीबार साँझसम्मको अल्टिमेटम दिएको हो ।

विज्ञप्तिमा अनेरास्ववियुले तत्काल रिहा नगरे ३० गतेदेखि सरकारी गाडी गुड्न नदिने र हड्तालसम्मका कार्यक्रमहरु गर्न बाध्य हुने चेतावनी दिएको छ ।

विज्ञप्तिमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याउने नेतृ झाँक्रीको गिरफ्तारीले निरंकुश र फासिस्ट सरकारको प्रतिगामी सोच झनै उदाङ्गो भएको उल्लेख छ ।



Source link