राष्ट्रपतिलाई गालीगलौज गरेको भन्दै रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछका लागि बोलायो

Auto Draft

काठमाडौँ — राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ ।

गोरखामा आयोजित कार्यक्रममा झाँक्रीले कानुनले बर्जित गरेको अभिव्यक्ति दिएका कारण सोधपुछका लागि बिहीबार बोलाइएको महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए ।

‘कानुनले बर्जित गरेका अभिव्यक्ति उहाँले दिनु भएको देखियो यसबारे के भएको हो त भनेर उहाँसँगै सोधपुछ गर्न लागेका हौं । उहाँलाई महाशाखा परिसरमा बिहीबार उपस्थित हुन भनिएको छ,’ एसएसपी थापाले भने ।