१० तस्बिर: भारतदेखि फिनल्यान्डसम्म

१० तस्बिर: भारतदेखि फिनल्यान्डसम्म

गत साता विश्वभरि भएका समाचारमूलक मुख्य घटनाक्रमसँग सम्बन्धित केही तस्बिरहरू

भारत गणतन्त्र दिवस

तस्बिरको क्याप्शन,भारतको राजधानी दिल्लीमा गणतन्त्र दिवस समारोहका लागि परम्परागत नृत्यको अभ्यास गर्दै केही कलाकार
मस्को विरोध प्रदर्शन
तस्बिरको क्याप्शन,मस्कोमा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त। विपक्षी नेता एलेक्सी नभाल्नी पक्राउ परेपछि हजारौँ मानिसहरूले रुसभरि विरोध प्रद्रशन गरेका थिए
लन्डन आई
तस्बिरको क्याप्शन,द्वितीय विश्वयुद्धका बेला नाजीहरूले हत्या गरेका लाखौँ मानिस तथा संसारमा अन्यत्र भएका नरसंहारका पीडितको सम्झनामा ‘लन्डन आई’ मा बैजनी रङ्गमा बत्ती
बोरिस जनसन
तस्बिरको क्याप्शन,यूकेका प्रधानमन्त्री बोरिस जनसन देशमा कोभिड-१९ का कारण मृत्यु भएका मानिसको सङ्ख्या एक लाख पुगेपछि आफूले सरकारको कामको ‘पूरा उत्तरदायित्व’ लिने बताउँदै
नेपाल स्वस्थानी
तस्बिरको क्याप्शन,पूर्णिमाको दिन बिहान नेपालको भक्तपुरमा परम्परागत विधिपूर्वक स्वस्थानी व्रत आरम्भ गर्दै श्रद्धालुहरू
चीन तलाउ
तस्बिरको क्याप्शन,चीनको शेन्याङस्थित एउटा नदीमा कुइरो लागेको बेला हाँसहरू विचरण गर्दै
मोजाम्बिक बालिका
तस्बिरको क्याप्शन,मोजाम्बिकको एउटा विद्यालयको प्राङ्गणमा डुबानमा परेपछि पानीमाथि उभिँदै एक छात्रा। एउटा समुद्री आँधीले अफ्रिकाको दक्षिणी भेग प्रभावित हुँदा धनजनको क्षति भयो
हङ्‌कङ
तस्बिरको क्याप्शन,लकडाउनका बेला हङ्‌कङको जोर्डन क्षेत्रमा स्वास्थ्यकर्मीहरू
आईएचफ ह्यान्डबल वर्ल्ड च्याम्पीअनशिप
तस्बिरको क्याप्शन,डेनमार्क र क्रोएशियाका खेलाडीहरू आईएचफ ह्यान्डबल वर्ल्ड च्याम्पीअनशिपअन्तर्गत कायरोमा भएको खेलमा
अरोरा बोरियालिस
तस्बिरको क्याप्शन,फिनल्यान्डको ल्याप्यान्डको आकाशमा देखिएको चहकिलो अरोरा बोरियालिस

सबै तस्बिरको प्रतिलिपि अधिकार माथि उल्लेख गरिएअनुसार सुरक्षित

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0