दैलेखमा गिट्टी–ढुंगाको अवैध उत्खनन बढ्दै

दैलेखमा गिट्टी–ढुंगाको अवैध उत्खनन बढ्दै
Girl in a jacket

दैलेख — कोरोना कहरको मौका छोपी जिल्लाका विभिन्न खोलामा डोजरमार्फत अवैध उत्खनन गर्न थालिएको छ । यहाँका झण्डै २ दर्जन खोलामा डोजर लगाइ जथाभावी उत्खनन गर्ने क्रम बढेको हो ।

लकडाउन र निषेधाज्ञाको समयमा स्थानीय सरकारको अनुगमन फितलो भएपछि नदीजन्य सामग्री निकाल्ने क्रम बढ्दै गएको छ । नारायण, दुल्लु र डुगेश्वरको दोभानमा रहेको त्रिवेणीखोलामा बीएनपी कन्स्ट्रक्सन र डीसी निर्माण सेवाले मनपरी रुपमा नदीजन्य सामग्री निकाल्दै आइरहेका छन् ।

‘संक्रमणको मौका छोपी ठेकेदारले जथाभावी गिट्टी–बालुवा निकालिरहेको छन्,’ स्थानीय विभुषण रानाले भने, ‘पालिका र स्थानीय प्रशासनमा पटकपटक रोक्न आग्रह गरे पनि बेवास्ता भइरहेको छ ।’ उनले जनप्रतिनिधि र ठेकेदारको मिलोमतोमा अवैध उत्खनन भइरहेको आरोप लगाए । उनका अनुसार खोलाको बीच भागमा डोजर लगाइँदा विभिन्न प्रकोपको जोखिम बढेको छ ।

भैरवी, महाबु गाउँपालिका र नारायण नगरपालिकाको दोभानस्थित छामघाटखोला पुल नजिकै गिट्टी–बालुवा निकालिँदै ।

Girl in a jacket