डा.केसीको समर्थनमा भोक हड्ताल

डा.केसीको समर्थनमा भोक हड्ताल
Girl in a jacket

चिकित्सा शिक्षा र स्वास्थ्यको सुधार माग राख्दै अनशनरत डा.गोविन्द केसीको पक्षमा आठबीसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले भोक हड्ताल थालेका छन् ।

आठबीसकोट नगर अस्पतालका डा. विसद दाहाल र एचए पुरन केसी शुक्रबार राति १० बजेदेखि २४ घण्टे भोग हड्तालमा बसेका हुन् ।

सरकारसँग तत्काल डा. केसीका माग पूरा गर्न दवाब दिँदै भोक हड्ताल थालेको एचए केसीले बताए । ‘सरकारले तत्काल माग पूरा गरी डा. केसीको जीवनरक्षा गर्न जरुरी छ,’ उनले भने, ‘दुर्गममा गएर गरिबहरुको उपचारमा खट्ने डा.केसीका माग सम्बोधन नभए देशभरिका स्वास्थ्यकर्मी कडा आन्दोलनमा उत्रिन तयार छौं ।’

 

Girl in a jacket