भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने जुम्लाका युवक पक्राउ

भारतमा बसेर नेपालमा साइबर अपराध गर्ने जुम्लाका युवक पक्राउ
Girl in a jacket

प्रहरीले साइबर अपराध तथा ठगी सम्बन्धी कसुरमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाका २४ वर्षीय पसल रोकाया छन् ।

काठमाडौं प्रहरीका एसपी सोमेन्द्रसिंह राठौरले रोकायालाई पक्राउ गरेर काठमाडौंतर्फ ल्याइँदै गरिएको अनलाइनखबरलाई बताए । उनका अनुसार रोकायाका विभिन्न साइबर अपराधका घटनामा मुछिएका छन् ।

एक अनुसन्धान अधिकृतका अनुसार रोकाया पछिल्लो समय भारतको दार्जिलिङमा बसिरहेका थिए । त्यहीँबाट नेपालमा साइबर अपराध गरेको अभियोग उनीमाथि छ ।

उनले कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने गरेको पनि भनिएको छ । साथै, उनले भिडियो बनाएर ब्ल्याकमेल गर्ने गरेको पनि प्रहरीको भनाइ छ ।

काठमाडौं ल्याएर थप अनुसन्धान थाल्ने तयारी गरिएको एसपी राठौरले बताए ।

 

Girl in a jacket