दैलेखका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु

दैलेखका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु
Girl in a jacket

दैलेखका ५१ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ ।

स्वास्थ्यमा जटिल समस्या आएपछि शनिबार राति १२: ४५ बजे नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आइतबार दिउँसो साढे एक बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
ती पुरुषलाई कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आन्द्रा फुटेकोले अवस्था जटिल भएको हुँदा त्यहाँबाट कोहोलपुर रिफर भएका थिए ।

मृतकको शव व्यवस्थापन बाँकेमै गर्ने तयारी गरिएको छ ।

Girl in a jacket