परिवार पाल्नै २० वर्ष भारत भासिए, अहिले स्वदेशमा आफ्नै उद्योग

भन्छन् : पाैरखमा रमाउन पाएको छु, असम्भव केही रहेनछ

परिवार पाल्नै २० वर्ष भारत भासिए, अहिले स्वदेशमा आफ्नै उद्योग
Girl in a jacket

दैलेख : पौरखी मानिस सितिमिति असफल हुँदैनन् भन्ने उदाहरण हुन् दैलेख नारायण नगरपालिका–२ जाहारकोटका लालबहादुर दशौदी। १४ वर्षको उमेरमा भारत हानिएका लालबहादुर घरको ऋण तिर्न र परिवार पाल्नकै लागि २० वर्ष उतै बसे। हालको महाबु गाउँपालिका–२ को गरिब परिवारमा जन्मिएका उनलाई दुःख भन्ने कुराको राम्रो अनुभव छ। भन्छन्, ‘गाउँमा राम्रो लाउन र मिठो खानका लागि भए पनि अरूकोमा काम गर्नुपर्ने बाध्यता थियो। परिवार पाल्न र गाउँमा घर चलाउन लागेको ऋण तिर्न १४ वर्षको उमेरमा भारत जान बाध्य भएँ।’ २० वर्ष भारतमा बिताएका उनी त्यहाँ सिकेका सीप र कमाएको पैसा गाउँमा लगानी गर्ने र आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले सदरमुकाम नजिकै बसाइ सरेको पनि आठ वर्ष पुगिसक्यो। दुर्गम गाउँमा विद्युतको पहुँच नपुगेकाले उद्योग सञ्चालन गर्न समस्या भएपछि परिवारसहित उनी सदरमुकाम नजिकै सरेका थिए। भारतका विभिन्न ठाउँमा चाउमिन उद्योगमा काम गरेर उनले सीप सिकेनन् मात्र, त्यसलाई तिखारे। २० वर्षको मिहिनेत, सीप र पैसा बोकेर उनी अहिले दैलेख सदरमुकाममा चाउमिन उद्योग नै चलाउँदै आएका छन्। आम्दानी पनि मनग्य गर्छन्। ‘अर्काको मुलुकमा गरेको दुःखभन्दा आफ्नै ठाउँमा गरेको पाैरखले सन्तुष्टि दिने रहेछ,’ उनी भन्छन्।

चार जनालाई रोजगारी उनकाे चाउमिन फ्याक्ट्रीमा चार जनाले रोजगारीसमेत पाएका छन्। साथै आगामी दिनमा उद्योग विस्तार गर्ने र कर्मचारी थप्ने योजनामा पनि उनी छन्। सुरुका दिनमा उद्योग संञ्चालनमा ल्याउँदा जिल्लामा यति धेरै चाउमिनको माग होला भन्ने आफूलाई नलागेको उनी बताउँछन्।  बैंकले भने पत्याएनन्  स्थानीयस्तरमा व्यवसाय सुरु उनले सुरुवातमा भने केही हण्डर पनि खाए। अनेक परिस्थितिको सामना गर्दै उनी यहाँसम्म आएका छन्। विगतका तीता अनुभव दशौदीसँग छन्। पछिल्ला दिन सम्झिँदै भन्छन्, ‘चाउमिन उद्योग स्थापना गर्न ऋण दिनुपर्‍यो भनेर धेरै बैंकलाई भने, तर सबैले बहाना बनाएर दिएनन्।’  सुरुका दिनहरूमा बैंकहरूले पत्याएनन्। बेला–बेला बैंकहरूमा धाउँदा उद्योग सञ्चालनमा आएको केही महिनापछि वाणिज्य बैक र कृषि विकास बैंकले केही मात्रामा ऋण दिएकाले व्यवसाय सञ्चालनमा सहज भएको दशौदीले बताए।  दशाैदीको सफलता र जिल्लामा चाउमिनको खपत देखेर होला अहिले भने अन्य बैंकहरुले उनलाई पत्याउन थालेका छन्। केही ऋण पनि लिन पाएका छन् उनले। उनी थप्छन्, ‘मैले गरेको पौरखअनुसार बैकले सुरुमै ऋण दिएको भए दैलेखलगायत कर्णाली प्रदेशको राजधानीमा पनि व्यवसाय विस्तार गरिसक्थें।’

साहुबाट ठगिए   चाउमिन बिक्री वितरणका लागि सवारी साधनको एकदमै आवश्यकता पर्छ। उनले जिल्लाका एक व्यापारीसँग चर्को ब्याजमा गाडी खरिद गरेका थिए। तर उनी साहुले गाडी जफत गरेपछि मर्कामा परेका छन्।   गाडी खरिद गरी १७ किस्ता रकम बुझाइसकेपछि गाडी पास गरौँभन्दा साहुले अन्तै बिक्री गरिदिएपछि उनको त्यहाँ १५ लाख डुब्यो। सम्बन्धित निकायसँग कानुनी उपचारको बाटो खोज्दा पनि आफूले अहिलेसम्म न्याय नपाएको उनको दुखेसो छ। उनले पत्रकारमार्फत आफ्नो समस्या उजागर गरेर न्याय दिलाउन थाहाखबरसँग आग्रह पनि गरेका छन्।  दैलेखका प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख समेतलाई यसबारे जानकारी गराउँदा आफ्नो समस्याबारे छानबिन गरी न्याय दिलाउन प्रशासनले आफूलाई सहयोग गर्ने भनेकाले न्याय पाउने आशा नमरेको दशौदीले बताए।

लकडाउनले भने व्यवसाय घाटामा गत चैत ११ देखिको गरिएको लकडाउनले भने दशौदीको व्यवसायमा घाटा पर्‍यो चाउमिन उद्योगबाट लकडाउनअघिको जस्तो व्यापार हुन सकेन।  “चार जना कर्मचारी छन्, व्यावसाय पनि धेरै चलेको छैन, यो अवस्थामा ऋणको ब्याजसमेत तिर्न मुस्किल छ,’ व्यापार घाटामा गएकाले ऋण तानेर व्यवसाय गर्नेलाई केही भए पनि सरकारले सहुलियत दिनुपर्ने उनको माग छ।  जिल्लामा व्यावसायिक रुपमा स्वरोजगार र कृषि कर्ममा लागेका खास मानिसले सरकारबाट अनुदान पाउन नसकेको उनी खिन्‍न छन्। भन्छन्, ‘अनुदानको आशामा धेरै ठाउँ धाएँ, हुन्छ त भन्छन् तर पाइएन।’

Girl in a jacket