सुर्खेतमा सोमबार थपिए ३७ जना कोरोना संक्रमित

सुर्खेतमा सोमबार थपिए ३७ जना कोरोना संक्रमित
Girl in a jacket

वीरेन्द्रनगर — सुर्खेतमा सोमबार ३७ जना कोरोना संक्रमित फेला परेका छन् । अन्य जिल्लाका ३ सहित कर्णालीमा पछिल्लो २४ घण्टामा ४० जना कोरोना संक्रमित थपिएका हुन् । प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षण अनुसार सुर्खेतका ३७, जुम्ला, बाँके र बैतडीका एकरएक जना गरी ४० जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतका ३७ संक्रमितमध्ये वीरेन्द्रनगरका २८, गुर्भाकोट नगरपालिकाका ८ र चौकुने गाउँपालिकाका १ जना रहेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै हालसम्म २ सय ४४ जना संक्रमित फेला परेका छन् । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या २ हजार ४ सय ४२ पुगेको छ । हालसम्म कर्णालीमा संक्रमण पुष्टि भएकामध्ये ६ जनाको मृत्यु भईसकेको छ ।

कर्णालीका विभिन्न आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हालसम्म २ हजार ८६ जना डिस्चार्ज भएका छन् ।

 

Girl in a jacket