पहिरोमा परी कालिकोटमा ६ जनाको मृत्यु

पहिरोमा परी कालिकोटमा ६ जनाको मृत्यु
Girl in a jacket

अविरल वर्षाका कारण  राति कालिकोटमा पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ।  जिल्लाको महाबै गाँउपालिका वडा नम्बर ३ नकु गाँउमा वडा सदस्य रजबहादुर बिष्टको घर पहिरोले पुरिदा ६ जनाको मृत्यु  भएको हो । पहिरोमा  घर पुरिँदा  वडा सदस्य बिष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर बिष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको  कर्णालीका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटना स्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।  घटना स्थलमा फोनले काम नगरेको पनि उनले बताए। उनका अनुसार घर भत्केको  छ।

 

Girl in a jacket