सल्यानमा पहिरो जाँदा तीन परिवार विस्थापित, ३० घर उच्च जोखिममा

सल्यानमा पहिरो जाँदा तीन परिवार विस्थापित, ३० घर उच्च जोखिममा
Girl in a jacket

सल्यान : अविरल वर्षापछि पहिरो खस्दा सल्यानको दार्मा गाउँपालिका-३ र ४ का तीन घरपरिवार विस्थापित भएका छन्‌। ३० घर र तीनवटा विद्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ। घरमा पहिरो चलेपछि गाउँपालिकाको वडा नं. ६ का टिके कामी, विमला बुढाथोकी र वडा नं. ४ का निराजन विकको परिवार विस्थापित भएका हुन्‌। विस्थापित सबैलाई सुरक्षित स्थानमा राखिएको दार्मा गाउँपालिका सल्यानका अध्यक्ष निम बहादुर केसीले जानकारी दिएका छन्। पहिरोले वडा नं. ४ मा २, वडा नं. ६ मा ४, वडा नं. ५ मा १, वडा नं. २ मा १ र वडा नं. १ मा १ घर गरी ९ घरमा  क्षति पुर्‍याएको छ। ९ घरमा क्षति पुर्‍याएपनि तीन घरमा भने बस्न नमिल्ने गरी क्षति पुगेको केसीको भनाई छ।  सडक छेउमा रहेका प्राय: घरहरु उच्च जोखिममा रहेका र पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको केसीले जानकारी दिए। उच्च जोखिममा रहेका घरको पहिचान गरी आवश्यक सुरक्षा सर्तकता अपनाउन आग्रह गरिएको अध्यक्ष केसीको भनाई छ।

 

Girl in a jacket