लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका

लकडाउनमा एक चौथाइ कर्मचारीले रोजगारी गुमाए, सबैभन्दा धेरै होटल क्षेत्रका
Girl in a jacket

कोरोना स‌ंक्रमणको फैलावट रोक्न गरिएको लकडाउनपछि २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएको एक अध्ययनले देखाएको छ ।

कोरोना महामारीपछिको असरबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैै नेपाल राष्ट्र बैङ्कले उद्योग/व्यवसायहरूले २२.५ प्रतिशत कर्मचारी/कामदार कटौती गरेको जानकारी दिएको हो ।

अध्ययन प्रतिवेदनका अनुसार कटौती भएकामध्ये अस्थायी र करारका कामदारहरू दुईतिहाइभन्दा धेरै छन् ।

होटल तथा रेस्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरूले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको छ ।

 

Girl in a jacket