रातको समयमा काठमाडौं उपत्यका प्रवेश गर्न नपाउने

Girl in a jacket

काठमाडौँ — गृहमन्त्रालयले रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।

उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।

मन्त्रालयको विज्ञप्ति

 

Girl in a jacket