करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु
Girl in a jacket

सल्यान — करेन्ट लागेर शारदा नगरपालिका–७ भट्टाचौरका १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ । आँप खान रुखमा चढेको बेला उनलाई करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै आँपको रुखमा चढेका बालकको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो ।

विद्युत तारले आँपको रुख छोएका कारण बालकलाई करेन्ट लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार पोष्टमार्टमपछि बालकको शव परिवारलाई बुझाइएको छ ।

 

 

Girl in a jacket