कोरोना भाइरस नेपालः थप १४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि, एक जनाको मृत्यु

Girl in a jacket

[ad_1]

ब्रेकिङ न्यूज

विगत २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,२४१ पुगेको छ।

सङ्क्रमितहरूमध्ये १२,८४० जना भाइरसमुक्त भएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्। उनका अनुसार विगत २४ घण्टामा १५६ जना निको भएको छन्।

अहिले सम्म ४३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणबाट मृत्यु भएको पुष्टि भएको छ।

अहिले सङ्क्रमण भएका कुल १२,८४० मानिस देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३,४८१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २०,०९८ छ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्। तीनै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४,००० नाघेको छ।

[ad_2]

Source link

Girl in a jacket