चीन-अमेरिका तनाव: टेक्ससस्थित वाणिज्य दूतावास बन्द गर्न अमेरिकाद्वारा निर्देशन

Girl in a jacket

[ad_1]

वाणिज्य दूतावासको हाताभित्र अपरिचित व्यक्तिहरूले फोहोर फाल्ने भाँडामा कागजहरू जलाउँदै गरेको भिडिओ सार्वजनिक भएपछि पछिल्ला वक्तव्यहरू आएका हुन्

तस्बिरको क्याप्शन,

वाणिज्य दूतावासको हाताभित्र अपरिचित व्यक्तिहरूले फोहोर फाल्ने भाँडामा कागजहरू जलाउँदै गरेको भिडिओ सार्वजनिक भएपछि पछिल्ला वक्तव्यहरू आएका हुन्

संयुक्त राज्य अमेरिकाले टेक्ससको ह्युस्टनस्थित आफ्नो वाणिज्य दूतावास शुक्रवारसम्म बन्द गर्न चीनलाई भनेको छ।

बेइजिङले त्यसलाई “राजनीतिक रूपले उक्साहटपूर्ण” कदमको सङ्ज्ञा दिएको छ।

अमेरिकी विदेश मन्त्रालयले “बौद्धिक सम्पत्तिको रक्षाका निम्ति” उक्त कदम चालिएको जनाएको छ।

तर चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले त्यसलाई “आक्रामक तथा अनुचित” भनेका छन्।

वाणिज्य दूतावासको हाताभित्र अपरिचित व्यक्तिहरूले फोहोर फाल्ने भाँडामा कागजहरू जलाउँदै गरेको भिडिओ सार्वजनिक भएपछि पछिल्ला वक्तव्यहरू आएका हुन्।

अमेरिका र चीनबीच पछिल्लो समय तनाव बढ्दो छ।

बेइजिङसँगको व्यापार, कोरोनाभाइरस महामारी, तथा हङ्कङमा चीनले लागु गरेको नयाँ सुरक्षा कानूनको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प चीनसँग निरन्तरजसो बाझिरहेका छन्।

पछिल्लो सन्दर्भ उल्लेख गर्नुपर्दा मङ्गलवार अमेरिकी न्याय मन्त्रालयले चीनमाथि ह्याकरहरूलाई प्रायोजन गरेको आरोप लगायो जुन ह्याकरहरूले कोरोनाभाइरसविरुद्धको खोपको विकासमा जुटिरहेका प्रयोगशालाहरूलाई निशाना बनाइरहेको बताइन्छ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ताले भनेकी छन्, “अमेरिकी बौद्धिक सम्पत्ति तथा अमेरिकी व्यक्तिगत सूचनाहरूको रक्षार्थ हामीले ह्युस्टनस्थित चिनियाँ जनगणतन्त्रको वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएका छौँ।”

आफ्नो निर्णय तत्काल खारेज नगरेमा जवाफी कदम चाल्ने चिनियाँ विदेश मन्त्रालयले चेतावनी दिएको छ।

उसले अमेरिकामा रहेका आफ्नो देशका विद्यार्थीप्रति दुर्व्यवहार गर्न सकिने र उनीहरूलाई पक्राउ गर्न सकिने भन्दै सजग रहन पनि भनेको छ।

[ad_2]

Source link

Girl in a jacket