कोरोना भाइरस नेपाल: लकडाउन अन्त्य भएको सरकारका प्रवक्ताको भनाइ, विद्यालयले भदौदेखि भर्ना लिन पाउने

Girl in a jacket

[ad_1]

युवराज खतिवडा

नेपाल सरकारले चैतको दोस्रो साता सुरु भएको लकडाउन मङ्गलवार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको छ।

सोमवारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले बताए।

बैठकको निर्णय सार्वजनिक गर्न मङ्गलवार आयोजित पत्रकार सम्मेलमा उनले भने, “अब भरे राति १२ बजेबाट लकडाउन सकियो भन्ने बुझ्नुपर्यो।”

तर विभिन्न क्षेत्रमा जारी कतिपय प्रतिबन्धहरू कामयमै राखिएको र त्यसलाई क्रमश: खुला गर्दै लगिने पनि उनले बताए।

प्रवक्ताले के भने?

लकडाउनका बारेमा उपस्थित पत्रकारले पुन: प्रश्न गरेका थिए।

त्यसको जवाफ दिँदै मन्त्री खतिवडाले भने, “… एउटा कुरा म फेरि दोहोर्याउँछु। हामी अहिले लकडाउनमा छौँ भन्ने दिन अब भरे राति १२ बजेबाट परेन।”

“… यो लकडाउनले हामीलाई धेरै मनोवैज्ञानिक त्रास पनि दियो र अर्को प्रकारले हामीलाई धेरै कुराका लागि बहानाबाजी पनि भयो। यो कुरा चाहिँ अब नहोस्।

तर अर्थ एवम् सूचना, सञ्चार तथा प्रविधि मन्त्री खतिवडाले कोरोनाभाइरसको जोखिम भने कायम रहेको बताए।

उनले भने, “तर त्यो भनेर हामीलाई … सङक्रमणको जोखिम छैन भन्ने होइन।”

जोखिम कायम रहेकै कारण अन्य केही क्षेत्रमा पनि केही प्रतिबन्धहरू रहने बताइएको छ।

खुल्ने क्षेत्र के-के?

खतिवडाका अनुसार सरकारले साउन १५ गतेदेखि सर्तहरूसहित होटल, रेस्टुराँ, ट्राभल तथा ट्रेकिङलगायत पर्यटन व्यवसायहरू खुला गर्ने निर्णय गरेको छ।

उनले भने, “यसमा खासगरी ट्राभल, ट्रेकिङका एजेन्सीहरू खोल्न सक्छन्, बुकिङ सुरु हुनसक्छ र आउदो हिउँदे सीजनको पर्यटन व्यवसायलाई ध्यानमा राखेर अहिलेदेखि नै कोभिडको जोखिम कम हुनासाथ यी क्षेत्रहरू सबै खुल्दै जाने सन्दर्भमा तयारीस्वरूप यस्ता सामान्य सेवा दिने कार्यालयहरू खोल्दै जाने निर्णय भएको छ।” (यसअघि समाचारमा पर्वतारोहण खुला नभएको उल्लेख गरिएकोमा संशोधन गरिएको छ।)

त्यस्तै अन्य विभिन्न व्यवसाय र क्षेत्रहरू पनि आगामी भदौ १ गतेदेखि खुला गर्ने जानकारी खतिवडाले दिए।

खतिवडाले दिएको जानकारी अनुसार सबै खुला गरिने क्षेत्रले जनस्वास्थ्य मापदण्ड र कोरोनाभाइरसबाट बच्ने सुरक्षात्मक उपायहरू अपनाउनुपर्नेछ।

होटलहरू खुले पनि त्यहाँ सामूहिक भोज भने गर्न पाइने छैन।

भदौदेखि विद्यालयले भर्ना लिन पाउने

भदौ १ गतेदेखि विद्यालयहरूले विद्यार्थी भर्ना लिन पाउनेछन्।

तर कक्षाहरू भने दूरशिक्षाकै माध्यमबाट मात्र चलाउनुपर्ने मन्त्री खतिवडाले जानकारी दिए।

त्यस्तै भदौ १ गतेदेखि लामो र छोटो दूरीका अन्तर-जिल्ला सार्वजनिक यातायात पनि सञ्चालन गर्न सकिने खतिवडाले बताए।

तर सभा, सम्मेलन, सैलुन, ब्युटिपार्लर, स्पा, खेल मैदान र धार्मिक स्थलहरू भने भदौ १ गतेपछि पनि बन्दै रहनेछन्।

सीमा पनि बन्द

साउन मसान्तसम्म अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय निरन्तर रहने उनले जनाए।

सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि खुला गर्ने निर्णय गरेको सोमवारै पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिएका थिए।

खतिवडाले खुला गर्ने निर्णय गरिएका क्षेत्रहरू पनि तत्कालै पूर्ण सञ्चालनमा आउन नसक्ने बताउँदै त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने बताए।

खुला गरिएका क्षेत्रमा सामाजिक दूरी कायम गर्नुपर्ने र जनस्वास्थ्य सम्बन्धी मापदण्डको पालन गरिनुपर्ने सरकारले जनाएको छ।

[ad_2]

Source link

Girl in a jacket