कोरोना भाइरस खोपः कोभिड-१९ अनुसन्धानमा चीनले ‘साइबर जासुसी’ गर्न खोजेको अमेरिकाको आरोप

Girl in a jacket

[ad_1]

ह्याकर

अमेरिकी न्याय मन्त्रालयले कोरोनाभाइरसको खोप विकास गर्न काम गरिरहेका प्रयोगशालालाई निसाना बनाइरहेका ह्याकरहरू चीनद्वारा प्रायोजित भएको आरोप लगाएको छ।

अधिकारीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीहरूबारे जासुसी गरेको अभियोग दुई चिनियाँ नागरिकलाई लगाएका छन्।

उनीहरूले सूचना चोर्न सरकारी सूत्रहरूबाट सहयोग लिएको अमेरिकी सरकारको दाबी छ।

चिनियाँ साइबर गुप्तचरीविरुद्ध अमेरिकी सरकारको अभियान अन्तर्गत अहिले मुद्दा चलाइएको हो।

गत साता अमेरिका, यूके र क्यानडाले पनि कोभिड-१९ को अनुसन्धान चोर्न खोजेको आरोप रुसमाथि लगाएका थिए।

इलेक्ट्रिकल इन्जिनियरिङका दुई विद्यार्थीहरू लि सियाओइ र डुङ जियाजमाथिको अभियोग मङ्गलवार सार्वजनिक भएको हो।

कस्ता आरोप छन्?

कोभिड-१९ को सम्भावित उपचारबारे अनुसन्धान गरिरहेको म्यासचूसिट्सको बायोटेक कम्पनीमा गत ज्यानुअरीमा जासुसी गरेको आरोप अभियोजनकर्ताहरूले यी दुई जनामाथि लगाएका छन्।

त्यसको एक साता नपुग्दै उनीहरूले कोरोनाभाइरसबारे अनुसन्धान गरिरहेको मेरील्यान्डस्थित कम्पनीको सूचना पनि ह्याक गरेको दाबी गरिएको छ।

अधिकारीहरूले यी दुईलाई निजी ह्याकर भनेका छन् जसले बेलाबेला चिनियाँ गुप्तचर निकाय र राज्य सुरक्षा मन्त्रालयबाट पनि सहयोग लिएका थिए।

यी दुईले यसअघि व्यापारसम्बन्धी गोप्य कुरा, बौद्धिक सम्पत्ति र अन्य महत्त्पूर्ण व्यापारसम्बन्धी सूचनाबाट लाखौँ डलर चोरेको आरोप अभियोजनकर्ताहरूले लगाएका छन्।

उनीहरूले यस्तो काम सन् २००९ देखि नै गरेको आरोप छ।

चीनमाथि किन आरोप?

अभियोजनकर्ताका अनुसार बेलाबेला यी ह्याकरहरूले आफ्नै इच्छामा काम गर्छन्।

एउटा त्यस्तै समयमा उनीहरूले एउटा कम्पनीबाट त्यो कम्पनीको गोप्य सूचना सार्वजनिक नगर्ने भन्दै घुस मागेका थिए। तर अन्य समयमा भने चिनियाँ सरकारका लागि उनीहरू सूचना चोर्ने काम गर्छन्।

अभियोगपत्रका अनुसार यी ह्याकरहरूलाई चीनको सुरक्षामामिला हेर्ने मन्त्रालयले सहयोग गरेको र उनीहरूले चिनियाँ सरकारका लागि काम गर्ने गरेका छन्।

उनीहरूले हङ्‌कङमा प्रजातन्त्रका लागि लडेका एक अभियानकर्मीको पासवर्ड प्रयोग गरेर सेनाको विवरण चिनियाँ सरकारलाई उपलब्ध गराएको आरोप अभियोजनकर्ताले लगाएका छन्।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ख्वा चुन्यिङले भने कोभिड-१९ को अनुसन्धान चोर्नका लागि साइबर हमला गर्न लगाएको भन्ने कुरा “अनर्गल” भएको बताइन्।

यो महिनाको सुरुमा सङ्घीय जाँच ब्यूरोका निर्देशक क्रिस्टोफर रेले चीनमाथि “विश्वको एउटामात्रै महाशक्ति हुनका लागि कुनै पनि तरिकाबाट राज्यको सबै प्रयास लगाएको” आरोप लगाएका थिए।

“हामी अब त्यो बिन्दुमा पुगेका छौँ जहाँ सङ्घीय जाँच ब्यूरोले प्रत्येक १० घण्टामा चीनसम्बन्धी जासुसी क्रियाकलापविरुद्ध नयाँ मुद्दा खोल्दैछ,” रेले भने।

“अहिले देशभरि रहेका झन्डै ५,००० त्यस्ता जासुसी क्रियाकलापविरुद्धका सक्रिय मुद्दामध्ये आधा चीनसँग सम्बन्धित छन्।”

[ad_2]

Source link

Girl in a jacket