कोरोना भाइरस नेपालः चिनियाँ नागरिकसहित थप दुई जनाको मृत्यु, सङ्क्रमितको कुल सङ्ख्या १८,००० नाघ्यो

Girl in a jacket

[ad_1]

कोरोनाभाइरस

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएका दुई जनाको मृत्यु भएको र विभिन्न जिल्लामा थप १०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १८,०९४ रकोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या ४२ पुगेको छ।

सङ्क्रमितहरूमध्ये १२,६८४ जना भाइरसमुक्त भएर घर फर्किएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

विगत २४ घण्टामा २०७ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,३७० मानिस देशभरि आइसोलेशनमा छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।

को हुन् मृतक?

मृतकमध्ये एक धनुषाका ६० वर्षीय पुरुष र अर्की पोखरामा एक वर्षदेखि व्यापार गरिरहेकी एक ४९ वर्षीया चिनियाँ महिला भएको मन्त्रालयले जनाएको छ।

धनुषाका ती व्यक्तिलाई खोकी, उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि धरानस्थित बीपी कोइराला स्वसास्थ्य विज्ञान प्रतिष्ठानमा गत साता साउन २ गते भर्ना गरिएको डा. गौतमले बताए। उनलाई सघन उपचार कक्षमा भेन्टिलेटरमरा राखी उपचार गर्दै गर्दा साउन ६ गते मृत्यु भएको थियो।

मरणोपरान्त गरिएको परीक्षणमा उनमा कोरोनाभाइरस सङ्क्रमण देखिएको पुष्टि भएको थियो।

पोखरामा भएकी चिनियाँ नागरिकलाई मिर्गौला र मुटुसम्बन्धी समस्या देखिएपछि मणिपाल अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि साउन २ गते हेलिकप्टरबाट काठमाण्डूस्थित ग्रान्डी अस्पताल ल्याइएको जानकारी मन्त्रालयले दिएको छ।

उपचारका क्रममा परीक्षण गर्दा उनमा कोभिड-१९ पुष्टि भएको थियो। थप उपचारका लागि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

तर उपचारका क्रममा उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३,७७९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म ३,२७,६१४ जनाको पीसीआर परीक्षण गरिएको छ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये सप्तरीका १८, दैलेखका १६ र लमजुङ तथा डोटी जिल्लाका सात-सात जना छन्।

त्यसैगरी काठमाण्डूमा पनि तीन सङ्क्रमित थपिएका छन्।

coronavirus test

BBC

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

साउन ७ गते बुधवार अपराह्णसम्मको तथ्याङ्क

  • १८,०९४कुल सङ्क्रमण

  • २०७२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ३,७७९

  • सक्रिय सङ्क्रमित५,३६८

  • देशभरि क्वारन्टीनमा२०,८४२

  • अहिलेसम्म निको१२,६८४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिले देशभरिका क्वारन्टीनमा मानिसको सङ्ख्या २०,८०० भन्दा बढी छ।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

अहिले प्रदेश नं १ मा ११९, प्रदेश नं २ मा १८७८, वाग्मतीमा ४२०, गण्डकीमा ३८९, प्रदेश नं ५ मा ३४५, कर्णालीमा २९० र सुदुरपश्चिममा १,९२७ जना सङ्क्रमित आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार अहिले रौतहट, कैलाली र बाजुरामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

भोजपुर, पाँचथर, सङ्खुवासभा, धनकुटा, रसुवा, मनाङ र मुस्ताङमा भने सङ्क्रितको सङ्ख्या शून्य छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति. .  .

[ad_2]

Source link

Girl in a jacket