कोरोना भाइरस नेपाल: थप १४४ जनामा सङ्क्रमण, १७ सय जना निको भएर घर फिर्ता

Girl in a jacket

[ad_1]

ब्रेकिङ न्यूज

नेपालमा विगत २४ घण्टामा थप १४४ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,९४५ पुगेको छ।

तीमध्ये ६०.७ प्रतिशत अर्थात् १०,२९४ जना भाइरसमुक्त भएका र ३८ जनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।

विगत २४ घण्टामा १,७०५ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयले आयोजना गरेको दैनिक प्रेस ब्रीफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले दिए।

अहिले देशभरि ६,६१३ सक्रिय सङ्क्रमित भएको उनले बताए।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि सङ्क्रमण पुष्टि हुने मानिसको सङ्ख्या घटिरहेको छ।

को हुन् सङ्क्रमित?

अहिले पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

तीमध्ये प्रदेश नं १ मा ६, प्रदेश नं २ मा ४१, वाग्मती प्रदेशमा १३, गण्डकी प्रदेशमा ८, प्रदेश नं ५ मा १४, कर्णाली प्रदेशमा ४६ र सुदूरपश्चिम प्रदेशमा १६ जना छन्।

तीमध्ये सुर्खेतमा सर्वाधिक ४१ जना, धनुषामा २७ जना र कैलालीमा १० जना छन्।

काठमाण्डू उपत्यकामा नौ जनामा सङ्क्रमण देखिको छ। तीमध्ये ललितपुरमा पाँच, काठमाण्डूमा तीन र भक्तपुरमा एक जना छन्।

योसहित उपत्यकामा फेला परेका सङ्क्रमितको कुल सङ्ख्या ३५६ पुगेको छ।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ५,८५६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कुनै बेला १,७०,००० मानिस क्वारन्टीनमा भएको भए पनि अहिले केवल २३,४७० जना छन्।

अधिकांश सङ्क्रमितहरू भारतबाट आई क्वारन्टीनमा बसेका वा तिनको संसर्गमा आएका व्यक्ति हुन्।

coronavirus test

BBC

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार २९ गते सोमवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १६,९४५कुल सङ्क्रमण

  • १,७०५२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ५,८५६

  • सक्रिय सङ्क्रमित६,६१३

  • देशभरि क्वारन्टीनमा२३,४७०

  • अहिलेसम्म निको१०,२९४

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ।

[ad_2]

Source link

Girl in a jacket