कोरोना भाइरस नेपालः थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Girl in a jacket

[ad_1]

ब्रेकिङ न्यूज

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप ८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै आइतवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,८०१ पुगेको छ।

तीमध्ये ८,४४२ जना अर्थात् ५१ प्रतिशतभन्दा बढी व्यक्ति निको भएका छन् भने ३८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १४७ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

अहिले देशभरि आइसोलेशनमा ८,१७४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

आइतवार पुष्टि भएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ३,९१६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

सरकारले आरडीटी भने प्रयोग गर्न छोडेको छ।

अहिले देशभरि क्वारन्टीनमा २३,७०० भन्दा बढी व्यक्ति छन्।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढिरहेको छ। अहिले त्यहाँ सर्वाधिक सङ्ख्यामा सङ्क्रमित व्यक्तिहरू आइसोलेशनमा छन्।

[ad_2]

Source link

Girl in a jacket