कोरोना भाइरस नेपालः थपिए २०४ सङ्क्रमित, कुल सङ्ख्या १६ हजार नाघ्यो

Girl in a jacket

[ad_1]

ब्रेकिङ न्यूज

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा विगत २४ घण्टामा थप २०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै मङ्गलवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १६,१६८ पुगेको छ।

तीमध्ये ७,४९९ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ६८८ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

  • नेपालका बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढ्दो
  • काठमाण्डू उपत्यकामा ‘तीन वर्गका सङ्क्रमित’, कोरोनाभाइरस समुदायमा नफैलिएको दाबी

अहिले देशभरि आइसोलेशनमा ८,६३४ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

अहिले पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका छन्।

गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

गएको तीन दिनमा भने दैनिक सङ्क्रमितको सङ्ख्या घटेको देखिन्छ। शनिवार २३२ जना र आइतवार २९३ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

मन्त्रालयको दैनिक प्रेस ब्रीफिङमा बोल्दै डा. गौतमले सङ्क्रमित हुने क्रम घटिरहेको बताए।

को हुन् सङ्क्रमित?

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये बाजुराका सर्वाधिक ५४ जना छन्।

त्यसैगरी काठमाण्डूमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जना गरी उपत्यकामा कुल २८ जना छन्।

अछाममा ११र बैतडीमा ११ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ।

अरू तथ्याङ्क के छ?

विगत २४ घण्टामा पीसीआर विधिबाट ६,१३१ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २, ६१,८६१ पुगेको छ।

अहिले देशभरि क्वारन्टीनमा २५,७२७ जना छन्।

coronavirus test

BBC

नेपालमा कोरोनाभाइरस सङ्क्रमण

असार २३ गते मङ्गलवार अपराह्ण ४:३० बजेसम्मको तथ्याङ्क

  • १६,१६८कुल सङ्क्रमण

  • ६८८२४ घण्टामा घर फिर्ता

  • विगत २४ घण्टामा पीसीआर परीक्षण ६,१२३

  • सक्रिय सङ्क्रमित८,६३४

  • देशभरि क्वारन्टीनमा२५,७२७

  • अहिलेसम्म निको७,४९९

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

मन्त्रालयका अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्य छ।

त्यसैगरी महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरमा सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी छ।

[ad_2]

Source link

Girl in a jacket