दैलेखमा ७८६ संक्रमितमध्ये ७ सय ३ जना डिस्चार्ज

दैलेखमा ७८६ संक्रमितमध्ये ७ सय ३ जना डिस्चार्ज
Girl in a jacket

दैलेख : दैलेखमा कोभिड-१९ का संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ। ११ वटा स्थानीय तह रहेको दैलेखमा आइतबारसम्म कोरोना पुष्टि भएका ७ सय ८६ जनामध्ये ७ सय ३ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारीअनुसार कोरोना संक्रमित ७ सय ८६ जना मध्ये ६ सय ५५ जना पुरुष र ४८ जना महिला डिस्चार्ज भएका छन्। ११ वटा स्थानीय तहमध्ये नारायण नगरपालिकाका २ सय ३९ संक्रमितमध्ये २ सय २३ जना डिस्चार्ज भएका छन्। दुल्लु नगरपालिकाका ९२ जना संक्रमितमध्ये ७२ जना डिस्चार्ज भएका छन्। २१ जना कोरोना संक्रमित रहेको आठबिस नगरपालिकामा २० जना डिस्चार्ज भएका छन्। यस्तै, ४ जना कोरोनाका बिरामी रहेको ठाटिकाध गाउँपालिकामा ३ जना डिस्चार्ज भएका छन्। यता, १७ जना कोरोनाका बिरामी रहेको भैरवी गाउँपालिकामा ५ जना डिस्चार्ज भएका छन्। १ सय ६६ जना कोरोनाका बिरामी रहेको महाबु गाउँपालिकामा १ सय ६३ जना डिस्चार्ज भएका छन्। नौमुले गाउँपालिकाका १ सय ४६ जना कोरोना संक्रमितमध्ये १ सय ३९ जना डिस्चार्ज भएका छन्। भगवतीमाई गाउँपालिकाका १४ जना कोरोना संक्रमित मध्ये ४ जना डिस्चार्ज भएका छन्। ७२ जना कोरोना संक्रमीत फेला परेको डुंगेश्वर गाउँपालिकाका ६६ जना डिस्चार्ज भएका छन्। सुर्खेतसँग सिमाना जोडिएको गुराँस गाउँपालिकामा फेला परेका ९ जना संक्रमितमध्ये ८ जना डिस्चार्ज भएका छन्। दैलेखमा कोरोना संक्रमणका कारण हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन्। अहिले जिल्लामै पिसिआर मेसिनद्वारा कोरोना परीक्षण हुँदै आएको छ। दैलेखमा कोरोना संक्रमण पुष्टि हुने महिलाभन्दा पुरुषको संख्या धेरै रहेको छ।

 

 

Girl in a jacket