पहिरोमा महिलाको मृत्यु

Girl in a jacket

कालीकोट — नरहरिनाथ–७, दुदुल्लीमा शुक्रबार राति गएको पहिरोमा परी ३५ वर्षीया तुला बटालाको मृत्यु भएको छ । लेकको भैंसीगोठमा गएको बेला उनलाई माथिबाट खसेको पहिरोले पुरेको हो ।

पहिरोमा बेपत्ता भएकी महिलाको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाले बताए । शुक्रबार रातिको पहिरोले नरहरिनाथ–७ को वडा कार्यालय पनि पुरेको छ । पहिरोले ६ कोठे भाडाको घर बगाएपछि वडाका सबै कागजात नष्ट भएको वडाध्यक्ष दलबहादुर विकले बताए ।

 

Girl in a jacket