एनएसएल फुटबलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने

एनएसएल फुटबलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने


५ मंसिर, काठमाडौं । मंसिर ८ गतेदेखि सुरु हुन लागेको नेपालको एकमात्र फ्रेन्चाइज फुटबल लिग ‘नेपाल सुपर लिग’ एनएसएललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

दोस्रो संस्करणको टेलिभिजन प्रसारण अधिकार हिमालय टीभी एचडीले खरिद गरेको आयोजक संस्था नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले जानकारी दिए ।

हिमालय टेलिभिजनले यसअघि सन् २०२२ को फिफा विश्वकप फुटबल नेपालमा प्रसारण गरेको थियो भने पोखरा प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग लगायतका क्रिकेट प्रतियोगिताको कुशलतापूर्वक प्रत्यक्ष प्रसारण गरिसकेको छ ।

‘नेपाल सुपर लिगको प्रत्यक्ष प्रसारणका लागि सवै तयारी पुरा गरिसकेका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले भने, ‘खेलकुद कन्टेन्ट हिमालय टेलिभिजनको सधैं पहिलो प्राथमिकता भएकाले यो इभेन्टको प्रसारण अधिकार खरिद गर्न पाउँदा हामी उत्साहित छौं ।’

मंसिर ८ गतेदेखि सुरु हुने प्रतियोगिता ३५ दिनसम्म चल्नेछ । एक खेल हुने दिन साँझ ५ बजेदेखि र दुई खेल हुने दिन दिउँसो १ बजेदेखि प्रसारण सुरु हुने टेलिभिजनले जनाएको छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्