५ मंसिर, काठमाडौं । लघुवित्त पीडितहरुले काठमाडौंको शान्तिबाटीकामा आज विरोध प्रदर्शन गरेका छन् ।
माइतीघरमा निषेधित क्षेत्र घोषणा भएपछि लघुवित्त पीडितहरुले मंगलबार शान्तिबाटीका प्रदर्शन गरेका हुन् ।
‘लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।
उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न ८ बुँदे माग अघि सारेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :