बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ – Online Khabar

बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ – Online Khabar


बदामले फाइदा मात्रै होइन बेफाइदा पनि गर्छ

बदाममा धेरै पोषक तत्व पाइन्छ । प्रोटिनको राम्रो स्रोत बदाम स्वास्थ्यका लागि निकै उपयोगी छ । तर खाने विधि जानिएन भने यसले फाइदाको सट्टा बेफाइदा पनि पुर्‍याउन सक्छ ।

बदामलाई मात्रा मिलाएर नखाँदा यसले कब्जियतको समस्या ल्याउन सक्छ । किनकि यसमा उच्च मात्रामा प्रोटिन चिल्लो र फाइबर हुन्छ । साथै बदामको बोक्रामा बायोएक्टिम पोषक तत्व हुन्छ । जसलाई शरीरले सजिलै पचाउन सक्दैन । जसले पेटसम्बन्धी विभिन्न समस्या ल्याउन सक्छ ।

त्यसैले व्यायाम नगर्ने मानिसले यसको प्रयोग नगर्न पनि सुझाव दिइन्छ । खाएर सुत्ने वा टेबल वर्क गर्ने मान्छेले यसको दैनिक सेवनले फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ ।

डा. राजु अधिकारी, आहारविद्

मिर्गौलाको समस्या

बदाममा उच्च प्रोटिन माइक्रोन्युट्रिसियन हुन्छ । यसमा पाइने उच्च पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फोस्फोरस र भिटामिन सहजै पच्दैन । पेटभित्रको खाना नपच्दै अर्को उच्च प्रोटिन पेटमा गएमा त्यो मिर्गौलामा जम्मा भएर बस्छ । यसले मिर्गौलाको समस्या भएका बिरामीलाई थप समस्या निम्त्याउन सक्छ ।

मोटोप

बदामलाई मोटोपन घटाउन पनि खाइन्छ । यसमा भएको उच्च प्रोटिनले शरीरलाई ऊर्जा दिन्छ । पचाउन समय लाग्ने भएकाले भोक ढिलो लाग्छ र खाना कम खाइन्छ । जसले गर्दा मोटोपन घट्छ । तर यसमा फ्याटको मात्रा बढी हुने भएकाले आवश्यकताभन्दा बढी खाएमा मोटोपना बढ्न सक्छ ।

फुड एलर्जी

कसैकसैलाई फुड एलर्जी हुन्छ । फुड एलर्जी भएका व्यक्तिले खाएमा छाला चिलाउने, फोका-फोका आउने, सुन्निने, रातो-रातो डाम समस्या हुन सक्छ ।

एसिडिटी बढ्छ

बदामले शरीरमा गर्मी बढाउँछ । जसले एसिडिटी बढ्ने, नाकबाट रगत बग्ने, छातीमा समस्याका साथै बेहोस हुने समेत हुन सक्छ ।

कसरी र कति खाने ?

बदामलाई एक रातअघि नै भिजाएर वा बोक्रा निकालेर खानु उपयुक्त हुन्छ । एकपटकमा पाँचदेखि २० वटासम्म खान सकिन्छ ।

(आहारविद् डा. अधिकारीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्