काठमाडौंमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ हुने

काठमाडौंमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ हुने


फाइल तस्वीर

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ‘दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ हुने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसयी महासंघले र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको संयुक्त आयोजनामा यही मंसिर ५ गतेदेखि ९ गतेसम्म पुस्तक प्रदर्शनी हुन लागेको आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।

उक्त पुस्तक प्रदर्शनीमा दक्षिण एसिया क्षेत्रका नेपाल, भारत, बंगलादेशलगायत चीन, अमेरिका, इजिप्टसहित १५ भन्दा बढी मुलुकका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहने जनाइएको छ । प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने आयोजकले बताए ।

पुस्तक प्रदर्शनीमा विभिन्न मुलुकका गरी १८० भन्दा बढी स्टल रहनेछन् । कार्यक्रमका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरेले पुस्तक प्रदर्शनी व्यापार, पठन संस्कृति, लेखक र पाठकहरुसँग सम्बन्धित रहेको बताए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्