लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा बागलुङमा एक जनाको मृत्यु

लत्रिएको बिजुलीको तारबाट करेन्ट लाग्दा बागलुङमा एक जनाको मृत्यु


फाइल फोटो

१ मंसिर, काठमाडौं । बागलुङको निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ ढुवाखोर काउलेका ६२ वर्षीय भोजविर नेपाली छन् ।

गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता एवम् डिएसपी मदन केसीले जानकारी दिए ।

घटनाको थप विवरण आउन बाँकी छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्