गाजाको अल सिफा अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना

गाजाको अल सिफा अस्पतालमा प्रवेश गर्‍यो इजरायली सेना


तीन दिनअघि रोयटर्सले खिचेको अल सिफा अस्पतालको तस्वीर ।

२९ कात्तिक, काठमाडौं । इजरायली सेनाले गाजाको ठूलोमध्येको एक अल सिफा अस्पतालमा प्रवेश गरेको छ । इजरायली सेनाले अस्पताल प्रवेश गरेर त्यहाँको सबै तला र कोठाहरुमा सर्च गरेको छ । इजरायली सेनाले यो अस्पतालमा हमासले आफ्नो हतियारहरु लुकाएको जिकिर गरेको छ । अस्पतालमुनिको सुरुङबाट हमासले आफ्नो कमाण्ड सञ्चालन गरेको पनि इजरायली सेनाको दाबी छ ।

हमासले भने यो दाबी अस्वीकार गर्दै अस्पताल कब्जामा लिनु युद्ध अपराध भएको बताएको छ । उक्त अस्पतालमा सयौं सर्वसाधारण, बिरामी र स्वास्थ्यकर्मी रहेका छन् ।

बीबीसीका अनुसार इजरायली सेनाले अस्पतालको प्रत्येक कोठामा छापा मारेको छ । तर त्यहाँ गोली चलाएको छैन ।

अल सिफा अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालमा विजुली, पानी र अक्सिजन छैन । यही कारण ६ जना नवजात शिशुको मृत्यु भएको अस्पतालका चिकित्सक डा. अहमद मोखाल्लालत्तीले  बीबीसीसँग बताएका छन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्