रेसुङ्गाको गौशालामा सामूहिक गाईपूजा   – Online Khabar

रेसुङ्गाको गौशालामा सामूहिक गाईपूजा   – Online Khabar


२७ कात्तिक, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा गौशालामा सोमबार सामूहिक गाईपूजा गरिएको छ ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा गाईतिहारे औँसीको दिन धार्मिकस्थल रेसुङ्गासँगै रहेको गौशालामा गाईको सामूहिक पूजा गरिएको रेसुङ्गा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद पन्थीले बताए ।

हिन्दु धर्मावलम्बीले गौशालामा रहेका गाईलाई पूजा गर्नुका साथै नुन, तेल, रोटी, चामलको पिठो लगायत खुवाउने गर्छन् । रेसुङ्गाको गौशालामा २०४२ सालदेखि गाई पाल्न थालिएको थियो ।

 रेसुङ्गामा हिन्दु धर्मावलम्बीले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर छोडने चलन छ । गाउँघरमा गाई  पाल्ने प्रचलन घट्दै गएका कारण गौशालामा गाई पूजा गर्न आउनेहरु बढेका छन् ।

गौशालामा रेसुङ्गा संरक्षण समितिले स्थानीय जातका गाईहरु पाल्दै आएको छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्