प्रहरीका कुकरको तिहार (तस्वीरहरू)

प्रहरीका कुकरको तिहार (तस्वीरहरू)


२६ कात्तिक, काठमाडौं । यमपञ्चकअन्तर्गत आज कुकुर पूजा । इमान्दारपूर्वक सुरक्षामा खटिने कुकुरको मीठो खानेकुरा खान दिनुका साथै फूलमाला लगाइदिएर पूजा गरिएको छ ।

कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरुपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

कुकुरले घरको सुरक्षामात्रै होइन, गोठालाको साथी पनि हो । प्रहरीलाई अपराध अनुसन्धानमा समेत कुकुरले साथ दिइरहेका छन् ।

प्रहरीले अपराध अनुसन्धानका लागि भन्दै सातै प्रदेशमा कुकुर राखेको छ । प्रहरीसँग सात प्रजातिका करिब सयवटा कुकुर छन् ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागुऔषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू रहेका छन् ।

कुकुर तिहारको दिन नेपाल प्रहरीले अपराध अनुसन्धानमा सहयोग गर्ने यी कुकुरको विशेष पूजा गर्ने गर्छ । महाराजगञ्जस्थित नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा कुकुरको विशेष पूजा र कुकुरका विभिन्न खेल देखाउने गरिन्छ ।

केनाइन कार्यालयमा कुकुर पूजाका तस्वीरहरू :

 

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्