अभिनेत्री दिपाशा बीसीको पशुपति आर्यघाटमा अन्त्येष्टी

अभिनेत्री दिपाशा बीसीको पशुपति आर्यघाटमा अन्त्येष्टी


काठमाडौं । अभिनेत्री दिपाशा बीसीको शवलाई शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको शवमा चलचित्र कलाकार संघको झण्डा ओढाएर सम्मान व्यक्त गरियो ।

उनलाई श्रद्धाञ्जली दिन आर्यघाटमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलासहित कलाकारहरु निर्मल शर्मा, सविन श्रेष्ठ, दीपाश्री निरौला र लोकदोहोरी क्षेत्रका व्यक्ति उपस्थित थिए ।

फिल्म र म्युजिक भिडियोमा अभिनय गरेकी बीसीको बिहीवार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

उनले ‘बिरानो माया, चाल, झेली, दुलाहा रानी’ लगायतका फिल्ममा अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘दुलही रानी’ २०६८ मा रिलिज भएको थियो ।

उनले ‘तीज चाड नारीको, अच्छा लेकिन, नानी माई, सानी माया, तिमी नभए’ लगायतका दर्जनौं म्युजिक भिडियोमा काम गरेकी थिइन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्