२४ कात्तिक, काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा तिहार सुरु भएसँगै बजारमा किनमेल गर्नेको भीड लागेको छ ।
काठमाडौंको न्यूरोड, बसन्तपुर, असन लगायतका बजारमा तिहारका लागि आवश्यक पर्ने सामग्रीहरु किनमेल गर्नेको भीड लागेको छ ।
माटाका पाला, रङ्गीचङ्गी फूल, झिलीमिल बत्ती, भाइमसला, ढाकाटोपी, सप्तरंगी टीका किन्नेको भीडले असन, न्यूरोडका मुख्य सडकहरु अस्तव्यस्त भएका छन् ।
यस्तै लक्ष्मीको मूर्ती, तामाको भाँडाहरुको पनि उल्लेख्य मात्रामा विक्री वितरण भइरहेको छ ।
काठमाडौं महानगरपालिकाले प्लास्टिकको फूलहरु बेच्न रोक लगाएपनि लुकाएर केही व्यापारीहरुले बेच्ने गरेको पाइएको छ ।