वीरगञ्जमा खुल्यो क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स फिल्म हल

वीरगञ्जमा खुल्यो क्यूएफएक्सको नयाँ मल्टिप्लेक्स फिल्म हल


काठमाडौं । क्यूएफएक्सले बिहीवारदेखि वीरगञ्जमा नयाँ मल्टिप्लेक्स फिल्म हल संचालनमा ल्याएको छ । जसपा नेता तथा सांसद प्रदीप यादवले मधेश प्रदेशको पहिलो मल्टिप्लेक्सको रुपमा क्यूएफएक्स स्काइलाइनको शुभारम्भ गरे ।

तीनवटा पर्दा रहेको हलमा ३८२ सिट छन् । बिहीवार शाहरुख खानको ब्लकबस्टर फिल्म ‘जवान’ प्रदर्शन गर्दै फिल्म हलको उद्घाटन गरियो । सर्वसाधारणले भने शुक्रबारदेखि नयाँ रिलिजसँगै फिल्म हेर्न पाउनेछन् ।

वीरगञ्ज-१० को आदर्शनगरस्थित उक्त मल्टिप्लेक्सले अत्याधुनिक हलमा फिल्म हेर्ने स्थानीय दर्शकको चाहनालाई पुरा गरेको सांसद यादवले बताए । स्काइलाइन मूभिज प्रालि र क्यूएफएक्सले संयुक्तरुपमा हलको ब्यवस्थापन गर्ने भएका छन् ।

क्यूएफएक्सको यो १३ औं फ्रेन्चाइजी हो । मोफसलमा भने क्यूएफएक्सको आठौं हल हो । योसँगै नेपालभर क्यूएफएक्सको पर्दा संख्या ३१ पुगेको छ । तीन पर्दासहित आरामदायी सिट, अत्याधुनिक ध्वनी प्रविधि, थ्रीडी र टुडी दृश्य प्रविधि, लेजर प्रोजेक्सन प्रविधि जडान गरिएको जनाइएको छ ।

वीरगञ्ज हलमा पनि क्यूएफएक्सले एपमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरेको छ ।

वीरगञ्जमा खोलिएको नयाँ हलले नेपाल-भारत सीमावर्ती क्षेत्र र वीरगञ्जका दर्शकलाई अत्याधुनिक र सुविधासम्पन्न हलमा बसेर फिल्म हेर्ने सुविधा प्राप्त हुने क्यूएफएक्स निर्देशक नकिम उद्दिनले बताए । फिल्म संस्कृतिको विकासका लागि पनि हल खुल्नु जरुरी रहेको उनको भनाई छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्