‘दिमाग खराब’ प्रिमियरमा नेता, खेलाडीदेखि सेलेव्रिटीसम्म (तस्वीर)

‘दिमाग खराब’ प्रिमियरमा नेता, खेलाडीदेखि सेलेव्रिटीसम्म (तस्वीर)


काठमाडौं । रिलिज पूर्वसन्ध्यामा निश्चल बस्नेत निर्देशित मल्टिस्टारर फिल्म ‘दिमाग खराब’को प्रिमियर गरिएको छ । ललितपुरको क्यूएफएक्स लबिम हलमा आयोजित समारोहमा नेता, सेलिव्रिटीदेखि खेलाडीसम्म सहभागि रहे ।

उपसभामुख इन्दिरा राना, काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह, रास्वपा सभापति रवि लामिछाने, सांसद ज्ञानेन्द्र शाही, सोबिता गौतम, हरि ढकालसहित कलाकारहरु हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, अशोक शर्मा, सन्तोष सेन, विनय श्रेष्ठ, भोलाराज सापकोटा, क्रिकेटरहरु पारस खड्का र रोहित पौडेललगायत प्रिमियरमा सहभागि रहे ।

निर्देशक बस्नेतसहित कलाकारहरु स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने आकर्षणको केन्द्र बने । यो सोसल ड्रामा फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।

तस्वीर सौजन्य : सुरज धामी

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्