भूकम्प प्रभावितलाई निजामती कर्मचारीको तलबबाट पनि सहयोग

भूकम्प प्रभावितलाई निजामती कर्मचारीको तलबबाट पनि सहयोग


२१ कात्तिक, काठमाडौं । जाजरकोट भूकम्प प्रभावितको सहयोगका लागि निजामती कर्मचारीहरुले पनि केही दिनको तलब सहयोग गर्ने भएका छन् ।

मंगलबार बसेको सचिवहरुको बैठकले सचिव र सहसचिवस्तरका कर्मचारीको ३ दिन, अधिकृतस्तरका कर्मचारीको २ दिन र सहायकस्तरसहित अरु तहका कर्मचारीबाट १ दिनको तलब बराबरको रकम सहायता गर्ने निर्णय गरेको हो ।

सचिवस्तरीय बैठकले सो रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।

हेर्नुहोस् निर्णय



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्