भूकम्प प्रभावितलाई कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक दिने

भूकम्प प्रभावितलाई कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरुले १५ दिनको पारिश्रमिक दिने


कोशीमा कांग्रेस संसदीय दलको बैठकको फाइल तस्वीर ।

२० विराटनगर । जाजरकोट भूकम्प पीडितका लागि नेपाली कांग्रेसको कोशी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यहरुको १५ दिनको पारिश्रमिक दिने निर्णय गरेको छ ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले प्रदेशसभा सदस्यहरुको १५ दिनको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेको कांग्रेस सांसद भूपेन्द्र राईले जानकारी दिए  । कोशीमा कांग्रेसका २९ प्रदेशसभा सदस्य छन् ।

कोशीमा राप्रपाले प्रदेशसभा सदस्यहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका राप्रपा सांसद गोपालबहादुर विश्वकर्माले बताए । कोशीमा राप्रपाका ६ प्रदेशसभा सदस्य छन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्